संयुक्त बृक्षारोपण कार्यक्रम सम्पन्न

 

पोखरा, १७ असार ।

पोखरा स्थित लायन्स क्लबहरुको संयुक्त आयोजनामा पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान पोखराको परिसरमा अवस्थित लायन्स तथा लियो पार्कमा बृक्षारोपण एवं गोडमेल कार्यक्रम सम्पन्न भएको छ ।

लायन्स क्लव इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बी १ नेपाल रिजन १४ जोन २८ र २९ अन्र्तगतका ८ वटा क्लबहरुको संयुक्त आयोजनामा आईतवार १सय १ अशोकाका बिरुवा रोपिएको जोन २८ का जोन चेयरपर्सन प्रमोद प्रसाद पौडेलले जानकारी दिए । उनका अनुसार लायन्स अन्र्तराष्ट्रियको नियमित कार्यक्रम अनुसार क्लवहरुले प्रत्येक बर्ष बृक्षारोपण कार्यक्रम गर्दै आएका छन । बृक्षारोपण पोखरा स्थित क्लबहरु लायन्स क्लब अफ पोखरा फिस्टेल, पोखरा भद्रकाली, गोल्डेन चौतारी, पिस सिटी, गोल्डेन सोसाईटी, सेन्ट्रल गार्डेन, पिस सम्पदा र स्कुल चौतारीको संयुक्त आयोजनामा गरिएको हो ।

क्लवको बार्षिक कार्यक्रम अन्र्तगत आयोजना गरिएकोे कार्यक्रमका प्रमुख अतिथि पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान पोखराका उपकुलपति डा. बुद्धीबहादुर थापाले ८ वटै क्लवका अध्यक्षहरुलाई बिरुवा हस्तान्तरण गरि कार्यक्रमको शुभारम्भ गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि उपकुलपति थापाले समाजसेवा गर्ने उदेश्यले स्थापना गरिएका लायन्स क्लवहरुले बृक्षारोपण कार्यक्रमको आयोजना गरी वातावरणीय सन्तुलन, तथा मानव स्वास्थ्यको लागि अति आवस्यक अक्सीजन प्रदान गर्ने बोट बिरुवाको गोडमेल तथा बृक्षारोपण गर्नु सराहनिय कार्य भएको बताए । उनले लायन्सले पश्चिमाञ्चल क्षेत्रिय अस्पतालमा पु¥याएको योगदानको स्मरण गर्दै आफु पनि लायन्स सदस्य हुनुको गर्व महशुस गरे ।

कार्यक्रमका लायन्स इन्टरनेशनल डिष्ट्रिक ३२५ बी १ नेपालका चिफ पिआरओ परमेश्वर बरालले क्लवले आफुले रोपेका बिरुवालाई हुर्काउन प्रत्येक पटक यसै स्थानमा गोडमेल तथा बृक्षरोपक्ष गरेर रोपिएका बिरुवालाई हुर्काउने जिम्मेवारी बोध गरेको बताउदै बिरुवा रोप्नुमात्र ठूलो नभई रोपिएका बृक्षहरु हुर्काउनु नै महत्वपूर्ण भएकोे बताए ।

लायन्स क्लब अफ पोखरा फिस्टेलका अध्यक्ष शुक्रकुमार प्रधानको अध्यक्षतामा सम्पन्न कार्यक्रम संयोजक जोन २९ का जोनचेयरपर्सन टंकराज अधिकारी, लायन्स क्लब भद्रकालीका अध्यक्ष बसन्त सिग्देल, गोल्डेन चौतारी अध्यक्ष खेमराज बराल, पिस सिटीका हरिराम पराजुली, गोल्डेन सोसाईटीका निर्मला आचार्य, सेन्ट्रल गार्डेनका कृष्ण रानाभाट, पिस सम्पदाका शरद अधिकारी र स्कुल चौतारीका अध्यक्ष यम खड्काले बृक्षारोपणको महत्व र यसले वातावरणमा पर्ने प्रभावका बारेका बोलेका थिए ।

You might also like

Comments are closed.