संवृद्धि कृषि सहकारी संस्थाको अध्यक्षमा भट्टराई

आर्थिक आवाज
पोखरा, ५ माघ । संवृद्धि कृषि सहकारी संस्थाको अध्यक्षमा सुमनमोहन भट्टराई निर्वाचित भएका छन् । शनिबार सम्पन्न विशेष साधारणसभाले उनको अध्यक्षतामा सर्वसम्मत नयाँ नेतृत्व चयन गरेको हो ।

भट्टराई लेखनाथ वाणिज्य संघका पूर्व अध्यक्ष एवं जुपिटर आयल स्टोर्सका सञ्चालक हुन् । सरोज अधिकारीको निधनपछि अध्यक्ष पद खाली थियो ।

You might also like

Comments are closed.