संसदलाई जनताको समस्या सुन्ने थलोको रुपमा स्थापित गरौं : मुख्यमन्त्री गुरुङ

निर्मला न्यौपाने , पोखरा : गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले ससदलाई जनताको समस्याको सुनुवाइ हुने थलोका रुपमा स्थापित गर्नुपर्ने बताएका छन् । प्रदेश सभाको शुक्रवारको बैठकमा प्रतिपक्षी दलका सासदहरुले उठाएका प्रश्नको जवाफ दिदै मन्त्री गुरुङले गण्डकी प्रदेशको समृद्धि र बिकासको लागी सबै दलसंग सहकार्य गरि अगाडि बढ्ने प्रतिबद्धता समेत व्यक्त गरे ।

प्रदेश सभाको अहिलेसम्मको अवधीमा बिकासको आधार निर्माण भएको र कानुनहरु निर्माण भएको हुनाले आगामी बर्षमा प्रदेशको समृद्धि द्रुतगतिमा हुने , जनताका आधारभूत आवश्यकता खानेपानी, सडक निर्माण , शिक्षा र स्वास्थ लगायतका महत्वपूर्ण क्षेत्रमा प्रदेश सरकारले सम्बोधन गर्छ र त्यसको सुरुवात भैइसकेको छ मन्त्रीले भने । हालसम्म गण्डकी प्रदेशमा मात्र ६८ वटा सडकको डिपिआर भैइसकेको र केन्द्रको बजेटमा गण्डकी प्रदेशको मात्र ५० वटा सडक योजना छनौट भएको जानकारी सदन समक्ष गराए ।

गण्डकी प्रदेशका ११ वटा जिल्ला अस्पतालको जनशक्ति, भौतिक पुर्वाधार र औषधीको ब्यवस्थापनको लागि ३३ करोड बजेट छुट्टाएको र मुख्य मन्त्री कपको लागि धेरै बजेटको माग आएको भएपनि रु.२० लाख मात्र बजेट सहयोग गरिएको जानकारी दिए ।

यसै आर्थिक बर्षमा केन्द्र सरकारसंग समन्वय गरि फेवातालको सिमान्कन गरिने, स्थानीय निकायसँग समन्वय गर्दै प्रदेशको समग्र बिकासमा लागिपर्ने उदेश्यका साथ सबै स्थानीय निकायका प्रतिनिधि संग संयुक्त रुपमा छलफल गरि प्रदेश अन्तर्गतको रहेका स्थानीय निकायमा एउटै प्रकारको कानुन निर्माणको लागि प्रशिक्षण दिएको बताउदै गुरुङले संघीय शासन प्रणाली सुरुवातको पहिलो कार्यकाललाई ऐतिहासिक बनाउनेतर्फ लाग्न सबै दलका सासदलाई आग्रह गर्दै ससदिय समिति प्रभावकारी बन्नुपर्नेमा जोड दिए ।

jutta mela

गण्डकी बिश्वबिद्धालय सम्बन्धि ऐन ल्याईसकेको र छिटोभन्दा छिटो बिधिसम्मत प्रक्रियामा चान्सलर नियुक्ति गर्ने, अघिल्लो आर्थिक बर्षमा प्रदेश सरकारले जमिन प्राप्त गर्न नसक्दा केहि पुजिगत खर्च गर्न नसकेको अवस्था थियोे तर यो बर्ष पुरै खर्च हुने गुरुङले बताए । प्रदेश सभामा बिधायन, सार्वजनिक लेखा, प्रदेश मामिला र अर्थ तथा बिकास समिती गरि ४ वटा समिती गठन भएकोमा बिधायन समितिले मात्र आफ्नो प्रतिबेदन बुझाएको छ ।

गठित समितिको काम प्रभावकारी बनाउन पर्नेमा जोड दिदै मन्त्री गुरुङले यहि बर्षबाट प्रदेश सभाको भवन निर्माण गर्ने कार्यको सुरुवात हुने जानकारी दिए । त्यसै गरि शुक्रबारको बैठकमा गण्डकी प्राबिधिक शिक्षा तथा ब्यवसायिक तालीम प्रतिष्ठानको स्थापना र सन्चालन गर्न बनेको बिधेयकमाथी छलफल भएको छ।

बिधेयकमाथी सत्तारुढ नेकपाका कृष्ण थापाले गण्डकी प्राबिधिक बिश्वबिद्धालय स्थापना गर्नु प्रदेश सरकारकै गौरवको बिषय रहेकोले आधारभूत तहका जनताको पहुँच रहनेगरी सस्तो र सुलभ हुनुपर्ने सुझाव व्यक्त गर्दै देशमै दक्ष जनशक्तिको निर्माण हुने बताए । काग्रेसका बिन्दु कुमार थापाले अभ्यासको आधारमा दक्ष जनशक्ति उत्पादन हुने हुनाले प्रदेशमा गुणस्तरीय शिक्षाले प्रदेश समृद्धिमा टेवा पुग्ने, बताउँदै ८० प्रतिशत प्राबिधिक शिक्षा हुनुपर्ने अहिलेको सन्दर्भमा प्राबिधिक बिश्वबिधालयको अवधारणा महत्वपूर्ण हुने बताए ।

नेकपाकी मधु अधिकारी गुरुङले प्राबिधिक ब्यावसायिक बिश्वबिधालयको अवधारणाले शैक्षिक निरक्षरता उन्मुलन हुने बताईन । नयाँ शक्तिका हरिशरण आचार्यल बिधेयकमाथी बोल्दै बिश्वबिधालयको नियुक्ति प्रतिस्पर्धाबाट हुनुपर्ने धारणा राखेका थिए ।

You might also like

Comments are closed.