संस्कृति संरक्षणको लक्ष्यसहित पोखरामा वाइवाइ मिसेस कल्चर, ट्यालेन्ट–सो सम्पन्न

पोखरा २०, माघ । पुष्पाञ्जली फेशन एण्ड इभेन्ट प्रा.लि.ले सञ्चालन गरेको वाइवाइ दोस्रो मिसेस कल्चर नेपाल–२०७४ को प्रतिभा प्रस्फुटन कार्यक्रम सम्पन्न भएको छ । ‘हाम्रो संस्कृति हाम्रो पहिचान, लोपन्मुख संस्कृति जोगाउने हाम्रो अभियान’ प्रालिले कार्यक्रम आयोजना गरेको बताइएको छ ।

कार्यक्रमका प्रमुख अतिथि प्रदेश सांसद विन्दुकुमार थापाले मौलिक संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिनु सकारात्मक भएको बताए । ‘यस्ता कार्यक्रमहरू आगामी दिनहरूमा पनि निरन्तरता दिन आवश्यक छ,’ उनले भने ।

कार्यक्रममा वरिष्ठ पत्रकार रमेश पौडेल, सिजी फुड्सका सिनियर म्यानेजर मीलन राणा, सिजी ब्रुअरीका रिजनल म्यानेजर मनोज घिमिरे, पत्रकार सुरेन्द्र पौडेल, उमा आलेमगर, सोना टोव्याको उद्योगका एरिया सेल्स म्यानेजर सूर्य भट्टराई, स्पानेल हेयर, मेकअप एण्ड नेलकी प्रोपाइटर टिका गुरुङ लगायतले बोलेका थिए ।

कार्यक्रममा १७ जना फाइनल प्रतिस्पर्धीहरूले आ–आफ्नो प्रतिभालाई प्रस्फुटन गरेका थिए । करिब २० दिनको तालिम पश्चात उक्त कार्यक्रम गरिएको र यही फागुन ५ गते सभागृह हलमा फाइनल कार्यक्रम हुने पुष्पाञ्जलीकी अध्यक्ष शोभा गौतमले बताइन् ।

कार्यक्रमको निर्णायकहरूमा कायाकल्प डाइट एण्ड सिलिमिङ प्रा.लि.की प्रमुख सुमन गुप्ता, पहिलो मिसेस कल्चरकी बिजेता प्रतिमा शर्मा आचार्य, चौथो मिस कल्चर नेपालकी बिजेता बिना छिन्दाल र मिसेस कल्चरकी थर्ड रनर अप रिन्जी पुन रहेको कार्यक्रम संयोजक दिनेश शर्माले जानकारी दिए ।

You might also like

Comments are closed.