संस्कृत माध्यमिक विद्यालय पोखरामा अक्षयकोष स्थापना

पोखरा १३ चैत्र

मानव मिलन नारी जागरण नेपालको आयोजनामा स्वर्गीय टोमप्रसाद सिग्देलको चौथो वार्षिक पुण्यतिथिको स्मृतिमा श्री संस्कृत माध्यमिक विद्यालय पोखरामा अक्षयकोष स्थापना तथा सहयोग कार्यक्रम सम्पन्न भएको छ । संस्थाका अध्यक्ष सविता बरालका माता राधिका सिग्देलले आफ्ना स्वर्गीय पति टोमप्रसाद सिग्देलको चौथो वार्षिक पुण्यतिथिको अवसरमा २४ हजार १ सय रुपैयाँको अक्षय कोष स्थापना गरेकी छन् । सोही अवसरमा संस्थाले १४ हजार बराबरको खाद्यन्न, तरकारी तथा आवश्यक सामग्री हस्तान्तरण का साथै एकदिनको बटुक भोजन समेत गराएको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि गण्डकी प्रदेशका उपसभामुख सृजना शर्माले हाम्रा रिती रिवाज रहनसहन हराउँदै गएको हुँदा यसको संंरक्षण र संस्कृत शिक्षाको पढाईलाई जोड दिनुपर्ने बताईन् । कार्यक्रम विश्व हिन्दु महासंघ कास्कीका अध्यक्ष शंकर खरालले हाम्रा संस्कार संस्कृति स्वदेशी हिरा रहेको बताउँदै स्वदेशी हिरालाई विदेशी जिरासँग तौलिदा देशले आफ्नो पहिचान गुमाउँदै गएको बताए ।

कार्यक्रममा रेडियो सफलताका प्रवन्ध निर्देशक दुर्गा अधिकारीले मानवमिलनले गरेका कामहरुको प्रशंसा गरिन् । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोविन्द नेपालीले पोखराको यति नजिक रहेको विद्यालयमा सरकारको आँखा नपरेको गुनासो गरे । साथै राज्यबाट पाउनुपर्ने सुविधा पनि सहजरुपमा पाउन नसकेको बताए । मानव मिलन नारी जागरण नेपालका अध्यक्ष सविता बरालको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयमा प्रध्यानाध्यापक गोविन्द्रप्रसाद सिग्देल, मानवमिलन नारी जागरण नेपालका उपाध्यक्ष कमला गिरी लगायतले बोलेका थिए । कार्यक्रमको संचालन विद्यालयका शिक्षक श्रीकृष्ण सिग्देलले गरेका थिए ।

You might also like
Ram Tulasi Palpa

Comments are closed.