सन्तोष परियार, पोखरा, ११ भदौ
सोमबार पोखरामा नेपाल कपडा तथा सिलाई व्यवसायी संघ, कास्कीद्वारा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै संघका गण्डकी प्रदेश संयोजक मंगल लिम्बुले संस्थालाई कमजोर बनाउने काम हुन नहुने बताए ।
व्यवसायिक संस्थामा रहेर व्यवसायिक हकहितको कुरामा केन्द्रित रही अघि बढ्ने पर्ने ठाउँमा यो वा त्यो बहानामा संस्थाको गरिमा माथि आँच आउने काम कोही कसैबाट भएमा त्यो स्वीकार्य नहुने पनि उनकोे थियो ।
उक्त कार्यक्रममा शम्भु खाती, रमानाथ श्रेष्ठ, धन बहादुर परियार, कृष्ण रनपाल, रुपेश परियार, तेजेन्द्र परियार लगायतका वक्ताहरुले पनि संस्थालाई कमजोर बनाउने कुराको विरोध गर्दै मन्तव्य राखेका थिए ।
बबिन परियारले सञ्चालन गरेको उक्त कार्यक्रमको अध्यक्षता दिनेश परियारले गरेका थिए । कार्यक्रममा गण्डकी प्रदेशका सम्पूर्ण जिल्लाबाट उल्लेख्य उपस्थिति थियो ।