सकेको आलोचना गर्नोस्, हामीलाई पृष्ठपोषणको काम गर्छ : मेयर जिसी

पोखरा, २७ असोज ।

पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीले सञ्चारकर्मीहरुले जति आलोचना गरेपनि त्यसबाट आफूलाई सकारात्मक उर्जा मिल्ने धारणा राखेका छन् ।
पत्रकारले गर्ने आलोचनाबाट पृष्ठपोषणको काम गर्ने भएकोले त्यसलाई आफुले पुराणको रुपमा लिने उनले बताए ।

नेपाल पत्रकार महासंघ कास्की शाखाले आयोजना गरेको आधारभुत पत्रकारिता तालिम समापन कार्यक्रममा शुक्रबार मेयर जिसीले आलोचना र टिकाटिप्पणी गर्दा समाधान सहित गर्न समेत सझाए ।

महानगर पत्रकार महासंघसँग सहकार्य गरेर जान तयार रहेको उल्लेख गर्दै मेयर जिसीले पत्रकार सुरक्षा तथा दुर्घटना विमा लगायतका कार्यक्रमहरुमा महानगरले सहयोग गर्ने बताए । मेयर जिसीले पत्रकारिता क्षेत्र चूनौतीपूर्ण रहेको भन्दै पत्रकार नैतिक र ईमान्दार वन्नुपर्नेमा जोड दिए ।

पत्रकार महासंघका केन्द्रिय सदस्य रामकृष्ण ज्ञवालीले विशेषगरि छापा सञ्चार माध्यममा पछिल्लो समय चूनौतीहरु देखिएको उदाहरण प्रस्तुत गर्दै पत्रकारहरुले आफूलाई सबैखालका सञ्चारमाध्यममा फिट हुने गरि क्षमता विकास गर्न आग्रह गरे ।

महासंघका अध्यक्ष दीपेन्द्र श्रेष्ठले पत्रकारितामा रुचीभएका व्यक्तिहरुलाई पत्रकारिताको आधारभुत ज्ञान दिलाई समाचार लेख्न सक्षम बनाउने उदेश्यले तालिम आयोजना गरिएको बताए । कार्यक्रममा तालिमका प्रशिक्षक तथा अग्रज पत्रकार बद्रीविनोद प्रतिक, महासंघका उपाध्यक्ष बिमला भण्डारी, सचिब रामप्रसाद तिमिल्सिना तथा तालिम संयोजक कृष्ण दवाडीले तालिमले पत्रकारिताको विकासमा टेवा पुगेको धारणा राखे । असोज २४ गतेबाट संचालन भएको तालिममा ४५ जना सहभागि थिए । सहभागिहरुलाई पोखराका अग्रज पत्रकारहरुले समाचार लेखन, समाचारका स्रोतहरु, पत्रकार आचारसंहिता लगायत विषयमा तालिम दिए ।

तालिम समापन अवसरमा पत्रकारहरु विनोद लामिछाने, दुर्गा अधिकारी, दीननाथ बराल, अर्जुन गिरीले पत्रकारिताको दौरान विदेश जाँदाको आफ्नो अनुभुति राखेका थिए ।

You might also like

Comments are closed.