सक्रिय संक्रमित २५ हजार पुगेपनि लकडाउन नहुने, व्यवसायीहरुसँग के भने स्वास्थ्य मन्त्रीले ?

काठमाडौं । कोरोना संक्रमित २५ हजार पुगेपनि लकडाउन नहुने भएको छ । लकडाउन गर्ने पक्षमा सरकार नरहेको स्वास्थ्य तथा जना संख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए ।

संक्रिय संक्रमित २५ हजार पुगे लकडाउन गर्नुपर्ने स्थिति आउनसक्ने यस अगाडि स्वास्थ्य मन्त्रालयका अधिकारीहरुले बताएका थिए । सक्रिय संक्रमित २५ हजार कटेपछि संक्रमितहरुलाई होटल तथा निजी अस्पतालहरुमा राख्ने नीति सरकारले लिएको प्रवक्ता गौतमले जानकारी दिए ।

यसैबीच, उद्योगी व्यवसायीहरुले लकडाउन नगर्न सरकारसँग माग गरेका छन् । राष्ट्रिय व्यावसायिक पहल (एनबिआई) का अध्यक्ष कुशकुमार जोशी नेतृत्वको टोलीले स्वास्थ्य मन्त्री भानुभक्त ढकाललाई शुक्रबार भेट गरी लकडाउन नगर्न माग गरेको हो ।

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा, नेपाल चेम्बर अफ कमर्सका पूर्व अध्यक्ष एवं राष्ट्रिय व्यावसायिक पहलका महासचिव सुरेन्द्रवीर मालाकार, नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष एवं राष्ट्रिय व्याबसायिक पहलका कोषाध्यक्ष दीपक मलहोत्रा, रेष्टुरेन्ट तथा बार एशोसिएसन नेपालका अध्यक्ष अरनिको राजभण्डारी लगायतको टोलीले स्वास्थ्यमन्त्रीलाई भेटेका हुन् ।

उक्त अवसरमा बोल्दै स्वास्थ्य मन्त्री ढकालले लकडाउन नहुने बताए । लकडाउनका विषयमा आएका समाचारहरुमा सत्यता नरहेको उनको भनाइ छ ।

lcci
You might also like

Comments are closed.