पोखरा, २५ बैशाख
पूर्व प्रहरी कर्मचारीहरुलाई एकिकृत गरी राज्यको मुलधारमा समाहित गरी समृद्ध नेपाल निर्माणमा उल्लेख्य भूमिका निर्वाह गराउने उद्देश्यका साथ नेपाल पूर्व प्रहरी संगठन गण्डकी प्रदेश समितिको आयोजनामा नेपाल पूर्व प्रहरी संगठन गण्डकी प्रदेशको प्रथम सम्मेलन पोखरामा सम्पन्न भएको छ ।
गण्डकी प्रदेश अन्तर्गत रहेका अवकाश प्राप्त प्रहरी कर्मचारीहरुको सहभागिता रहेको उक्त कार्यक्रम गण्डकी प्रदेश सांसद विन्दुकुमार थापाको प्रमुख आतिथ्यतामा भएको हो ।
कार्यक्रममा वोल्दै थापाले राज्यले पूर्व प्रहरी जस्तो सक्षम र शिपयुक्त जनशक्तिलाई पहिचान गरी सदुपयोग गर्न नसकेको कुरा बताउँदै उनिहरुलाई राज्यको मुलधारमा ल्याई उचित सदुपयोग गर्नु पर्ने कुरामा जोड दिए ।
कार्यक्रमका विशेष अतिथि गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रमुख प्रहरी नायव महानिरीक्षक दान सिंह बोहराले पूर्व प्रहरी कर्मचारीहरूको ज्ञान, सीप र कौशललाई समाजमा प्रयोग गर्न सकिने साथै पूर्व प्रहरी कर्मचारीहरूले आफ्नो खारिएको अनुभवलाई विज्ञको रुपमा समुदायमा हस्तान्तरण गर्न आग्रह गर्दै पूर्व प्रहरीले समेत समाजमा नेतृत्वदायी भूमिका खेल्नुपर्ने वताए ।
पत्रकार महासंघ कास्कीका अध्यक्ष दिपेन्द्र श्रेष्ठले पूर्व प्रहरीहरुलाई अझ सगठित भएर मुलुकलाई समृद्ध बनाउन तर्फ लाग्न आग्रह गर्दै पूर्व प्रहरी रिटायर्ड प्रहरी मात्र भएको र टायर्ड प्रहरी अर्थात (थकित प्रहरी ) नभएको बताउदै अझ संगठित हुन आवश्यक रहेको वताए ।
नेपाल पूर्व प्रहरी संगठनका केन्द्रिय अध्यक्ष बसन्तराज कुँवरले नेपाल प्रहरी संगठनले पूर्व प्रहरी कर्मचारीहरुलाई उचित सम्बोधन गर्न नसकेको कुरा बताउँदै संगठनको तर्फबाट पूर्व प्रहरी कर्मचारीहरुलाई व्यवस्थित गर्न अपरिहार्य रहेको बताए । पुर्व प्रहरी संगठन गण्डकी प्रदेश संयोजक तथा कास्कीका अधयक्ष एक नारायण शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संघिय प्रहरी ईकाई कार्यालय पोखरा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक पुजा सिंह, लगयात केन्द्र तथा विभिन्न जिल्लाका पूर्व प्रहरी कर्मचारीहरुको सहभागिता थियो ।
Comments are closed.