सचिन स्मृति रक्तदान कार्यक्रममा ३० जनाले गरे रक्तदान

तनहुँ, २८ बैशाख
‘रक्तदान नै जिवन दान’ भन्ने नाराका साथ रोट्रयाक्ट क्लब अफ दमौलीले शनिवार १६औँ जिल्ला तथा पाचौँ राष्ट्रव्यापी सचिन स्मृती रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । दमौली अस्पतालको प्राविधिक सहयोगमा सम्पन्न कार्यक्रम व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले तनहुँ उद्योग वाणिज्य संघ दमौली बजार इकाइका सभापति राजकुमार श्रेष्ठ ‘राकु’लाई ब्लड ब्याग हस्तान्तरण गरी उद्घाटन गरे ।

सोही अवसरमा न्यौपानेले रक्तदान भन्नु नै जिवनदान भएको चर्चा गर्दै  रगतको अभावमा कसैले पनि ज्यान गुमाउन नपरोस् भन्ने उच्च मानवीय भावनालाई आत्मासाथ गर्दै आयोजना गरिएको कार्यक्रम प्रति आभार व्यक्त गरेका थिए । उनले स्व. रोटयाक्टर सचिन कुमार श्रेष्ठको सम्झना गर्दै न्यौपानेले उनी अति नै क्षमतावन् युवा भएको बताए ।

दमौली र्भोलेटार चोकमा गरिएको रक्तदान कार्यक्रममा ३० पिन्ट रगत संकलन गरिएको कार्यक्रमका संयोजक मनोज राउतले जानकारी दिए । रोट्रयाक्ट क्लबका संस्थापक सहसचिव सचिनको स्मृतिमा क्लबले हरेक वर्षको रक्तदान कार्यक्रममा गर्दै आएको छ ।

उनको २०५९सालमा रोट्रयाक्ट सम्मेलनमा भाग लिन भारतको कलकत्ता जादाँ विरगन्जमा सवारी दुर्घटनामा परी उपचारको क्रममा मृत्यु भएको थियो । १३ वर्ष सम्म क्लबव्यापी हुर्दै आएको कार्यक्रम विगत ५ वर्ष देखी राष्ट्रव्यापी रुपमा मनाइदैँ आइएको छ । कार्यक्रममा रोटरी क्लब अफ दमौलीका पुर्व अध्यक्षहरु तथा पदाधिकारीहरु तथा रोट्रयाक्ट क्लबका पुर्व अध्यक्षहरुको समेत उपस्थिती रहेको थियो ।

You might also like

Comments are closed.