सजिलो भयो बैंकलाई, भारुमा ऋण लिने बाटो खुल्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरुलाई भारतीय रुपैयाँमा कर्जा लिनसक्ने व्यवस्था गरेको छ । बैंकहरुलाई स्रोतको अभाव भएपछि भारतीय रुपैयाँमा पनि कर्जा लिन सकिने व्यवस्था गरिएको हो । आजको कारोबार दैनिकमा खबर छ ।

केन्द्रीय बैंकले यसअघि डलरमा कर्जा लिन सकिने व्यवस्था गरिसकेको थियो । भारतीय रुपैयाँमा सहज हुने तथा हेजिङ कस्ट नपर्ने भएकाले बैंकहरुको अनुरोधपछि चालू आर्थिक वर्षको मौद्रिक नीतिमार्फत भारुमा कर्जा लिन आवश्यक व्यवस्था गरिने उल्लेख गरिएको थियो ।

You might also like

Comments are closed.