सञ्चयकोषका सेवाग्राहीलाई युआरएलमा छुट

पोखरा, २७ असोज

कर्मचारी सञ्चय कोष पोखराका सञ्चयकर्ता र कर्मचारीले स्वास्थ्य उपचारका लागि प्रयोगशालाको सेवामा छुट पाउने भएका छन् । उनीहरुले पोखरा सभागृहचोकमा रहेको युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि (युआरएल) मा हुने सबै प्रकारका जाँचमा ३० प्रतिशत छुट पाउने भएका हुन् । यससम्बन्धी सम्झौतामा शुक्रबार युआरएलका प्रबन्ध निर्देशक ठाकुरप्रसाद पन्त र कर्मचारी सञ्चय कोष पोखराका कार्यालय प्रमुख दिलीपराज पौडेलले हस्ताक्षर गरे ।

सञ्चयकर्तालाई बढी भन्दा बढी लाभ दिन र विभिन्न उद्योग, व्यवसाय, प्रतिष्ठानको सञ्चयकोषप्रति आकर्षण बढाउन यस्तो सम्झौत गरिएको कर्मचारी सञ्चय कोषले जनाएको छ । युआरएलका प्रबन्ध निर्देशक पन्तले युआरएल विभिन्न संघ, संस्थासँगको सहकार्यमा सामाजिक उत्तरदायित्व वहन गर्दै गुणस्तरीय ल्याब सेवा दिन संस्था प्रतिवद्ध रहेको बताए । युआरएलले यसअघि २३ वटा संघ, संस्थासँग यस्तो सम्झौता गरिसकेको छ ।

You might also like

Comments are closed.