सञ्चार क्षेत्रमा विद्यमान ऐन, कानुन र नियम सम्बन्धी अन्तरक्रिया

मंसिर २५,तनहुँ ।
तनहुँ जिल्लामा सक्रिय सञ्चारकर्मीहरुका लागि संचार क्षेत्रमा विद्यमान ऐन, कानुन र नियम सम्वन्धी एक दिने अन्तरक्रियात्मक कार्यक्रम मंगलबार दमौलीमा सम्पन्न भएको छ । संचारकर्मीहरुलाई संचार सम्वन्धित ऐन, कानुन र नियम सम्वन्धी जानकारी दिने उद्देश्यले संचार केन्द्र पोखराको आयोजना तथा नेपाल पत्रकार महासंघ तनहुँ शाखाको संयोजनमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा संचार केन्द्र पोखराका केन्द्र प्रमुख तुलसी आचार्यले संचार क्षेत्रमा विद्यमान ऐन, कानुन र नियम विषयक कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यपत्रमा नेपालको संविधान २०७२ धारा १९ संचारको हक, संचार केन्द्रको काम, कर्तव्य र अधिकार, पत्रिका अस्थायी र स्थायी दर्ता सम्वन्धी व्यवस्था, पत्रपत्रिका वर्गिकरणमा तनहुँ जिल्लाका पत्रपत्रिकाको स्थान, प्रेस प्रतिनिधि प्रमाणपत्र जारी, नवीकरण र खारेजी, श्रमजीवि पत्रकारको न्यूनतम पारिश्रमिक र तनहुँ जिल्लामा कार्यान्वयनको अवस्था, पत्रिकाहरु पनि भ्याटमा दर्ता हुनुपर्ने लगायत छलफलका विषयहरु थिए ।
प्रस्तुत कार्यपत्र माथि पत्रकार महासंघ तनहुँका पुर्व अध्यक्ष प्रदीप काफ्ले, र पत्रकार महासंघका प्रदेश सस्दय एंव फोटो पत्रकार महासंघका केन्द्रिय अध्यक्ष गोरा मिँयाले टिप्पणी गरेका थिए । टिप्पणीकर्ताहरुले संचारकेन्द्रले पत्रपत्रिकाको निरन्तर अनुगमन गर्नुपर्ने, पत्रपत्रिकाको वर्गीकरण पारदर्शी हुनुपर्ने लगायतका विषयमा जोड दिएका थिए ।
यसैगरी कार्यक्रममा सहभागीहरुले रेडियोको सवालमा लोककल्याणकारी विज्ञापन नभएको, पत्रकारहरुको प्रेस प्रतिनिधि पत्र नविकरणमा झन्झट व्यहोर्नु परेको लगायतका बारेमा गुनासो गरेका थिए ।
पत्रकार महासंघ तनहुँका अध्यक्ष ओमकार आचार्यको अध्यक्षता सम्पन्न भएको कार्यक्रममा संचार केन्द्रकी नासु शान्तिकुमारी पराजुली, महासंघका निवर्तमान अध्यक्ष डम्बर अधिकारी, उपाध्यक्ष नारायण खड्का, सचिव उज्वल पौडेल लगायतले आ–आफ्नो धारणा व्यक्त गरेका थिए ।
अन्तरक्रियात्मक कार्यक्रममा जिल्लाका दैनिक, साप्ताहिक, पत्रिका तथा रेडियो, टिभी अनलाईनमा कार्यरत संचारकर्मीहरुको सहभागीता थियो ।

You might also like

Comments are closed.