सञ्चार बचतको अध्यक्षमा विनोद ढुङगाना सर्वसम्मत

आर्थिक आवाज
पोखरा, ३ असोज । सञ्चार बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा विनोद ढुङगाना पुनः अध्यक्षमा निर्वाचित भएका छन् । संस्थाको बुधबार सम्पन्न ७औं साधारणसभाले ढुङगानाको नेतृत्वमा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको हो ।

सहकारीको उपाध्यक्षमा प्रेमप्रसाद दाहाल, सचिवमा पवित्रराज तिवारी, कोषाध्यक्षमा युवराज खनाल निर्वाचित भए । सदस्यहरुमा किरण ढकाल, सविना श्रेष्ठ, मात्रिका पोखरेल, विनोद भुजेल, रुद्रबहादुर केसी, नन्द प्रसाद पोखरेल र जमुना शर्मा निर्वाचित भएका छन् ।

सहकारीको लेखा संयोजक रेशम खड्का र सदस्यमा दीपेन्द्रबहादुर आले र गणेश पराजुली निर्वाचित भएका छन् । अध्यक्षमा निर्वाचित भएपछि ढुङगानाले सम्पूर्ण सेयर सदस्यहरुको भावना अनुसार संस्थाको नेतृत्व गर्ने प्रतिबद्धता गरेका छन् । छोटो समयमा सहकारीले उल्लेख्य प्रगति गरेको बताउँदै उनले आगामी दिनमा अझ राम्रो काम गर्ने बताए ।

You might also like

Comments are closed.