सञ्चार व्यवसायी समितिको अध्यक्षमा रुद्र

पोखरा । सञ्चार व्यवसायी समिति कास्कीको अध्यक्षमा युवा व्यवसायी रुद्रबहादुर केसी निर्वाचित भएका छन् । संस्थाको २४औं वार्षिक साधारणसभा तथा १३औं अधिवेशनले सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको हो ।

समितिको उपाध्यक्षमा युवराज खनाल, सचिवमा दीपेन्द्र बहादुर आले, कोषाध्यक्षमा रेशम खड्का निर्वाचित भएका छन् । सदस्यमा धीरजकुमार तामाङ, माधवप्रसाद अधिकारी, रजनी श्रेष्ठ, पवित्रराज तिवारी, कासी गुरुङ र लोकबहादुर गुरुङ छन् ।

निर्वाचन मण्डलको संयोजकमा विनोद ढुंगाना तथा सदस्यमा जयन्द्रराज भण्डारी र दलबहादुर कुँवर रहेको निवर्तमान अध्यक्ष प्रेम दाहालले जानकारी दिए ।

You might also like
Ram Tulasi Palpa

Comments are closed.