सञ्चार सहकारीको अध्ययन अवलोकन भ्रमण सुरु

पोखरा, ९ चैत । सञ्चार बचत तथा ऋण सहकारी संस्था लिमिटेड न्युरोड पोखराको टोली अध्ययन अवलोकन भ्रमणमा निस्किएको छ । शुक्रबार सुरु भ्रमण ३ दिनसम्म जारी रहने सहकारीका अध्यक्ष विनोद ढुंगानाले जानकारी दिए ।

भ्रमण टोली सौराह, लुम्बिनी हुँदै पोखरा फर्कनेछ । नेपालकै पहिलो सहकारी बखान सहकारी सहित त्यस क्षेत्रमा पर्ने प्रशिद्ध सहकारी संस्थाहरुको अवलोकन सहित छलफल तथा अन्तरक्रियासमेत गरिने ढुंगानाले बताए ।

अध्यक्ष ढुंगानाको नेतृत्वमा ६२ जनाको टोली भ्रमणमा निस्किएको हो । सहकारीका सञ्चालक, सेयर सदस्य तथा कर्मचारी भ्रमणमा सहभागी रहेको सचिव पवित्रराज तिवारीले जानकारी दिए । अध्ययन तथा अवलोकनका लागि भ्रमण निकै प्रभावकारी हुने उनले बताए ।

footwear
सम्बन्धित खवर
baba hardware
टिप्पणिहरु
Loading...