सञ्चार सहकारी नवौं वर्षमा, कोरोना कोषमा २० हजार सहयोग

पोखरा । पोखराको न्युरोडमा रहेको सञ्चार बचत तथा ऋण सहकारी संस्था लि. स्थापनाको नवौं वर्ष प्रवेश गरेको छ । सहकारीले वार्षिकोत्सवको अवसरमा पोखरा महानगरपालिकाले स्थापना गरेको कोरोना राहत कोषमा बुधबार २० हजार रुपैयाँ सहयोग गरेको छ ।

सहकारीका अध्यक्ष विनोद ढुंगानाले महानगरपालिकाका मेयर मानबहादुर जिसीलाई उक्त रकमको चेक हस्तान्तरण गरे । सामाजिक उत्तरदायित्व बहन गरी वार्षिकोत्सव मनाउने क्रममा सहकारीले राहत कोषमा सहयोग गरेको अध्यक्ष ढुंगानाले जानकारी दिए ।

कोरोना संक्रमण जोखिमबाट मुलुक लकडाउन भएकाले अन्य औपचारिक कार्यक्रम स्थगित गरिएको प्रवन्ध निर्देशक पवित्रराज तिवारीले बताए ।

You might also like

Comments are closed.