सञ्चालकहरुको क्षमता अभिबृद्धि गराउन म्यानेजर्स क्लबको आयोजनामा तालिम

आर्थिक आवाज
पोखरा, २६ असोज । कोअपरेटिभ म्यानेजर्स क्लब कास्कीको आयोजनामा सहकारी संस्थाका सञ्चालकको क्षमता अभिबृद्धि तालिम सम्पन्न भएको छ । तालिममा नेफस्कुनका वरिस्ठ तालिम अधिकृत बल्लभ तिमिल्सिनाले सहजीकरण गरेका थिए ।

संस्थामा सञ्चालकले गर्नुपर्ने काम के हो भन्ने कुरा तालिममा स्पष्ट गरिएको थियो । जिल्ला सहकारी संघ कास्कीका अध्यक्ष रविरमण तिवारीले क्लबले गरेका गतिविधिले आफू प्रभावित भएको बताए । क्लबले जिल्ला सहकारी संघ लि कास्कीको माताहतमा रही कार्य गर्ने गरी संस्था दर्ता हुनुले पनि सहकारी अभियानमा थप टेवा पुगेको उनको भनाइ छ ।

नेफस्कुनका प्राचार्य सञ्जय राज तिमिल्सिनाले सिकाइ कहिल्यै पनि नसकिने भएकाले यस्ता तालिम भइरहनुले अभियानकर्मीलाई थप टेवा पुग्ने बताए । कोअपरेटिभ म्यानेजर्स क्लबलाई आफूहरु प्राविधिक सहयोग गर्न जहिले पनि तयार रहेको उनको प्रतिबद्धता छ ।

क्लबका अध्यक्ष मीलन ढकालले क्लब क्वालिटी सर्कलको रुपमा सञ्चालित हुने र सहकारीका कर्मचारी, समिति र सदस्यको लागि तालिम आयोजना गर्ने बताए । क्लब युनियनको रुपमा स्थापित नभएको जानकारी समेत उनले दिए । तालिममा १८ वटा संस्थाका २४ जना सञ्चालकहरुको सहभागिता रहेको थियो ।

You might also like

Comments are closed.