सडक दुर्घटना न्युनिकरण पहिलो प्रथामिकता ः तनहुँ प्रहरी प्रमुख

तनहुँ, ३ बैशाख
तनहुँ प्रहरी प्रमुखमा हालै सरुवा भइ आएका प्रहरी उपरिक्षक विनोद सिलवालले सडक दुर्घटना न्युनिकरण नै पहिलो प्रथामिकतामा रहने बताएका छन् । मंगलबार पत्रकारहरुसँग कुराकानी गर्दै सिलवालले तनहुँमा पुथ्वीराज मार्गको ठुलो क्षेत्र भएकाले पनि सवारी दुर्घटना बढी हुने गरेकाले यसलाई न्युनिकरणको लागी विशेष पहल गर्ने बताएका हुन् ।

प्राय दुर्घटनाका कारण सडक प्रयोगकर्तामा सडक प्रयोग सम्बन्धी चेतनाको अभाव भएकाले यसका लागी व्यापक रुपमा सचेतनामुलक कार्यक्रम ल्याउने सिलवालले उद्घोष गरे ।
त्यस्तै जिल्लामा समग्र रुपमा आपराधिक क्रियाकलाप न्युनिकरणमा आफ्नो सम्पुर्ण ध्यान केन्द्रित गर्ने उनले प्रतिवद्धता व्यक्त गरेका छन् । जिल्लामा लागु औषध प्रयोग र ओसारपसार, गुण्डागर्दी, कुटपिट र झै–झगडाका घटनाहरु पनि अलि बढी हुने गरेकाले यसको न्युनिकरणमा विशेष पहले गर्ने उनले बताए ।

शान्ति, सुव्यवस्था भंग हुने गरी नियम कानुन उल्लंघन गर्ने जो कोहीलाई पनि कारवाही गर्ने उनको भनाई छ । नदीजन्य पदार्थ दोहन गर्नेलाई निन्यत्रणमा लिई सम्बन्धीत निकायमा पढाउने र कारवाहीको लागी पहल गर्न आफु सधै तयार रहने उनले प्रतिवद्धता व्यक्त गरे ।

सामाजिक सद्भावमा खलल पुग्ने खालका गतिविधि न्युनिकरणमा सञ्चारकर्मीको निकै ठुलो भूमिका रहने भएकाले आफु सञ्चारकर्मीसँगै सहकार्य गरेर अगि बढ्न चाहेको उनको भनाई थियो । तथ्य, सत्य समाचार सम्प्रेषण गरी आम नागरिकलाई सुसुचित गरी अपराध न्युनिकरणको अभियानमा सरिक हुन उनले सञ्चारकर्मीहरुलाई आग्रह समेत गरेका थिए ।

त्यस्तै तनहँ उद्योग वाणिज्य संघले आजै प्रहरी प्रमुख एक कार्यक्रमका विच स्वागत गरेको छ । कार्यक्रममा उद्योग वाणिज्यका अध्यक्ष मानकाजी श्रेष्ठ, पुर्व अध्यक्ष मंगलप्रसाद श्रेष्ठ, उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशका उपाध्यक्ष कृष्णराज पण्डित, तउवा संघका प्रथम उपाध्यक्ष बैकुण्ठ मिश्र, महासचिव इमकुमार मल्ल,कोषाध्यक्ष महेन्द्र श्रेष्ठ साथै कार्यसमितिका सदस्यहरु एवं १२ वजार इकाइका सभापतिहरुको उपस्थिती रहेको थियो ।

You might also like

Comments are closed.