पोखरा । अंग्रेजी नयाँ वर्षको अवसरमा पोखरामा सञ्चालन हुने पोखरा सडक महोत्सवको तयारी पुरा भएको छ । रेवान पोखराको आयोजनामा २१औं संस्करणको सडक महोत्सव पुस १२ देखि १६ गतेसम्म सञ्चालन हुँदैछ । आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्ने लक्ष्य सहित महोत्सव आयोजना गरिएको हो ।
लेकसाइडस्थित खुल्ला सडकमा महोत्सव हुनेछ । कोमागाने पार्कमा समेत सांस्कृतिक, सांगीतिक र खानाका परिकारमा रमाउने पाउने छन् । महोत्सवको अवसरमा अँग्रेजी नयाँ वर्ष २०२० लाई समेत स्वागत कार्यक्रम समेत गरिने रेवान पोखराका अध्यक्ष भीमसेन भुजेलले बताए ।
नेपाल भ्रर्मण वर्ष २०२० लाई लक्षित महोत्सवमा पर्यटकीय गतिविधि सञ्चालन गरिने महोतसवका सहसंयोजक नरेश भट्टराईले जानकारी दिए । उनले देशका विभिन्न प्रदेशका सांस्कृतिक प्रस्तुति महोत्सवमा प्रदर्शन गरिने बताए । लेकसाइडको तीन किलोमिटर सडक क्षेत्रमा चार ठाउँमा स्टेज बनाएर सास्कृतिक कार्यक्रम प्रदर्शनी गर्ने बताए । पोखरा सहित समग्र गण्डकी प्रदेशको पर्यटन प्रवद्र्धन गर्न महोत्सव सहयोगी हुने अर्का सहसंयोजक वसन्त गौतमले बताए ।
सडकमै खाने, सडकमै साँस्कृतिक तथा विभिन्न कार्यक्रम संचालन हुनेछन् । महोत्सव संचालन हुने दायाँबाँयाका सडकहरूमा रङ्गरोगन गरिएको छ भने रङ्गीचङ्गी धोजा टाँगेर सिँगारिएने छ । अँग्रेजी नयाँ वर्षको स्वागतका लागि आयोजना गरिएको महोत्सवको मुख्यस्थल कोमागाने पार्कमा स्टेज र विभिन्न रेष्टुरेण्ट, लत्ताकपडा, बाल उद्यान महोत्सवको आकर्षण बन्ने प्रचारप्रसार संयोजक विश्वराज पौडेलले बताए ।
सडक मै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खानाका परिकारहरु, विभिन्न मनोरञ्जनात्मक खेलकुद कार्यक्रम, हस्तकला प्रदर्शनी, सहासिक पर्यटक खेलकुद वृतचित्र प्रदर्शनी, बालउद्यान, ख्याती प्राप्त राष्ट्रिय कलाकारहरुवाट लाइभ कन्सर्ट प्रस्तुति राजु लामा, सविन राई, अभए एण्ड स्टिम इन्जस, लाउरेको उपस्थिति रहने आयोजकले जनाएको छ ।
ख्याती प्राप्त राष्ट्रिय कलाकारहरुबाट लोक दोहोरी प्रस्तुति पुरुषोत्तम न्यौपाने, प्रजापती पराजुली, कृष्ण गुरुङ्ग, बद्री पंगेनी, प्रीति आले, राजन गुरुङ, टिका सानु, सरला पाण्डे, राजु परियार, पशुपती शर्मा, संझना भण्डारी, कुमार पुन, पार्वती जिसि, हास्य कलाकारहरु पोख्ररेली माग्ने वुढा युवराज भण्डारी, राजेन्द्र नेपाली, दिवाकर भण्डारीको समुह, मनोज गजुरेल र पुर्खे बा लगाएका कलाकारले हसाउने छन् ।
Comments are closed.