सडक महोत्सवमा आज ‘न्यु इयर इभ’, ३ लाख पर्यटक पोखरा आउने अपेक्षा !

आर्थिक आवाज
पोखरा, १६ पुस । रेवान पोखराद्वारा आयोजित सडक महोत्सव अन्तर्गतको सबैभन्दा महत्वपूर्ण दिन आज (सोमबार) मानिएको छ । महोत्सवको १९औैं संस्करणसम्मको अनुभवमा न्यु इयर इभको दिन पोखरामा अटाइनअटाई पर्यटक आउने गरेको पाइएको छ । यस पटक पनि आज इभको दिन लाखौं पर्यटक पोखरा आउने रेवान पोखराको दावी छ ।

मुख्य कार्यक्रम भएको स्थान कोमागाने पार्क भित्र र बाहिर एक लाख र महोत्सव स्थल ३ किलोमिटर सडक र पोखरा क्षेत्रमा २ लाख पर्यटक आउने अपेक्षा गरिएको रेवान पोखरामा महासचिव गणेशबहादुर थापाले आर्थिक आवाजलाई बताए । ‘करिब ३ लाख जनाले महोत्सवको अवलोकन गर्ने अपेक्षा गरिएको छ,’ उनले भने ।

अँग्रेजी नयाँ वर्ष मनाउन पोखरा आउनेहरुमा अधिकांश नेपाली पर्यटक हुन्छन् । महोत्सव गत शुक्रबार सुरु भएको हो । मंगलबार समापन हुनेछ । अन्य दिन राति १० बजेसम्म चलेको महोत्सव आज राति १२ बजेसम्म विविध कार्यक्रमसहित सञ्चालन हुनेछ । आजको मुख्य आकर्षणमा मंगोलियन हर्ट र बिकेनको लाइभ कन्सर्ट हुनेछ । गत वर्षसम्म आकर्षण बनेको आतशबाजी भने यसपटक नहुने थापाले जानकारी दिए । अदालतको अन्तरिम आदेशका कारण आतशबाजी नगर्ने निर्णयमा रेवान पुगेको हो ।

सम्बन्धित खवर
baba hardware
टिप्पणिहरु
Loading...