सत्प्रयास वृद्दाश्रमलाई कैलाश विकास वैंकको सहयोग

पोखरा, १ जेठ ।

कैलाश विकाश वैंकले काठमाडौको टेकु पचली भैरव स्थित सत्प्रयास वृद्धाश्रमलाई वैकको तर्फ वाट २४ थान कुर्सी र एक थान ठुलो त्रिपाल (टेण्ट )सहयोग गरेको छ । बैंकका सिनियर एक्जिक्यूटिभ कृष्णगोपाल मानन्धरले एक कार्यक्रमका बिच उक्त सामाग्री हस्तान्तरण गरेका हुन् । बैंकको सामाजिक उत्तरदायित्व अन्र्तगत यो सहयोग प्रदान गरिएको वैंकले जनाएको छ ।

कार्यक्रममा सत्प्रयास वृद्धाश्रमका संरक्षक रघुविर राजभण्डारी, वृद्धाश्रमका वृद्ध आमा कुन्ती कर्माचार्य संस्थाका अध्यक्ष श्रीमती विष्णुदेवी राजभण्डारीले कैलाश विकाश वैंकको यो सहयोगले वृद्धाश्रमका बृद्धबृद्धा लाभान्वीत हुने बताइएको छ ।

You might also like

Comments are closed.