‘सदस्यहरुको आर्थिक समृद्धि नै हाम्रो पहिचान हो’

पवित्रराज तिवारी
प्रवन्ध निर्देशक
सञ्चार बचत तथा ऋण सहकारी संस्था लि.

सहकारीले वित्तीय कारोबार सुरु गरेको आजबाट सातौं वर्षमा प्रवेश गरेको छ । कास्कीमा अवस्थित व्यावसायिक रुपमा आफूलाई स्थापित गरिसकेका सामाजिक व्यक्तित्वहरुको अगुवाइमा २०६८ फागुन १६ गते विधिबत दर्ता भइ २०६९ वैशाख ३ गतेबाट कारोबार सुरु गरेको यस संस्थाले विभिन्न किसिमका योजनामार्फत सदस्यमुखी आर्थिक क्रियाकलाप गर्दै सदस्यहरुको आर्थिक क्षमता अभिबृद्धिको साथसाथमा गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ । यस संस्थाले बचत योजनाहरुमा विभिन्न प्रकारका योजना सार्वजनिक गरेको छ । जसमा सञ्चार नियमित बचत, सञ्चार व्यावसायिक बचत, सञ्चार उद्यमी बचत, सञ्चार गृहलक्ष्मी बचत, सञ्चार खुत्रुके बचत, सञ्चार बिमा बचत, सञ्चार ज्येष्ठ नागरिक बचत एवं त्रैमासिक आबधिक बचत, अर्धवार्षिक बचत र सञ्चार वार्षिक आबधिक बचत लगायतका बचत योजनाद्वारा सदस्यहरुलाई सेवा प्रदान गर्दै आइरहेका छौं । यस्ता बचत योजनाहरुले सदस्यहरुलाई बचत गर्ने बानीको विकास गर्ने लक्ष्य संस्थाले लिएको छ ।

सदस्यहरुलाई सहज एवं सर्बशुलभ ढंगले कर्जा प्रदान गर्दै ऋण लगानीमा व्यक्तिगत कर्जा, उद्यमी कर्जा, महिला उद्यमी कर्जा, व्यावसायिक कर्जा, घर कर्जा, हायरपर्चेज कर्जा, कृषि कर्जा लगायतका कर्जा योजनाहरु मार्र्फत ऋण लगानीलाई सरल र छिटोछरितो बनाउँदै आएको छ । हाल संस्थामा जम्मा सदस्य संख्या १ सय ५० जना रहेको र सदस्यहरुबीच नै आर्थिक कारोबार गर्ने उद्देश्यका साथ बचत तथा ऋणको कारोबारलाई व्यवस्थित ढंगले अगाडि बढाएको छ । संस्था परिचयको ब्रोसर, एसएमएस बैंकिङ सेवा, सबै प्रकारका रेमिट्यान्स सुविधाहरु प्रदान गर्दै आगामी दिनमा अझ उत्कृष्ट कारोबारको साथमा नमुना सहकारीका रुपमा सञ्चार बचत तथा ऋण सहकारी संस्था लिमिटेडलाई स्थापित गराउँदै अगाडि बढाउनेछौं ।

You might also like

Comments are closed.