सनराइज बैंकका ग्राहकलाई भाटभटेनीमा सपिङ गर्दा विशेष छुट

काठमाडौं । सनराइज बैंकका ग्राहकले भाटभटेनी सुपरमार्केटमा सामान खरिद गर्दा विशेष छुट पाउने भएका छन् ।

बैंकका डेविट र क्रेडिट कार्ड बाहक ग्राहकले सामान किन्दा ५ प्रतिशत वा प्रति कारोबार ५ सय रुपैयाँसम्म छुट पाउनेछन् ।

सनराइज बैंकले १३औं वार्षिकोत्सवको अवसरमा भाटभटेनीसँग उक्त समझदारी गरेको हो । यो सुविधा असोज २५ देखि कात्तिक ११ गते जारी रहने बैंकले जनाएको छ ।

ग्राहकहरूको सेवा र सुविधालाई मध्यनजर राख्दै ‘स्मार्ट बनौं डिजिटल बैंकिङ गरौं’ अभियानलाई आत्मसाथ गरिएको बैंकले जनाएको छ । आगामी दिनहरुमा अझ उत्कृष्ट सेवाहरु प्रदान गर्ने बैंकले वार्षिकोत्सवको अवसरमा प्रतिबद्धता गरेको छ ।

lcci
You might also like

Comments are closed.