सनराइज बैंकमा खाता हुनेलाई लेखनाथ महोत्सवको टिकटमा आधा छुट

आर्थिक आवाज
लेखनाथ । सनराइज बैंकमा खाता हुने ग्राहकले लेखनाथ महोत्सवको प्रवेश टिकटमा ५० प्रतिशत छुट पाउने भएका छन् । यसपटकको टिकट व्यवस्थापनको जिम्मा बैंकले लिएको बैंकका प्रदेश प्रमुख रविन्द्र केसीले जानकारी दिए ।

सनराइज बैंकले यसपटक आफ्नो बैंकमा खाता हुनेलाई ग्राहकलाई पचास प्रतिशत छुट दिएको टिकट व्यवस्थापन उपसमिति संयोजक भरतराज ओझाले जानकारी दिए । ‘तोकिएको भन्दा आधा मूल्यमै टिकट दिइनेछ । त्यसका लागि दर्शकले सनराइज बैंकमा खाता भएको पि.आर.लिएर टिकट काउन्टरमा सम्पर्क गर्नुपर्नेछ,’ उनले भने ।

टिकट काट्न सकस नहोस् भनेर १० वटा भन्दा बढी टिकट काउन्टर बनाएको ओझाले जानकारी दिए । जुन काउन्टर महोत्सव स्थलको मूल गेटभन्दा बायाँपट्टी राखिएको छ । ‘यसपटक हामी टिकट बेच्ने नयाँ रेकर्ड कायम गर्दैछौं । हामीले यो पटकको महोत्सवमा मात्र १ लाख २० हजार टिकट बेच्ने लक्ष्य बनाएका छौं,’ उनले भने ।

You might also like

Comments are closed.