सनराइज बैंक १४औं वर्षमा प्रवेश, ‘स्मार्ट बनौं डिजिटल बैंकिङ गरौं’ अभियानमा बैंक

काठमाडौं । सनराइज बैंक १४औं वर्षमा प्रवेश गरेको छ । बैंकले आइतबार १३औं वार्षिकोत्सव मनाएको छ ।

१३औं वार्षिक उत्सवको अवसरमा बैंकले सम्पूर्ण ग्राहक, नियामक निकाय, शेयरधनी तथा सरोकारवालाहरुलाई शुभकामना व्यक्त गर्दै हार्दिक धन्यवाद ज्ञापन गरेको छ ।

ग्राहकहरूको सेवा र सुविधालाई मध्यनजर राख्दै ‘स्मार्ट बनौं डिजिटल बैंकिङ गरौं’ अभियानलाई आत्मसाथ गर्दै अगाडि बढ्ने बैंकले उद्घोष गरेको छ । आगामी दिनहरुमा अझ उत्कृष्ट सेवाहरु प्रदान गर्ने बैंकले प्रतिबद्धता व्यक्त गरको छ ।

वार्षिकोत्सवको अवसरमा बैंकले विभिन्न सामाजिक कार्यक्रमहरु गरिरहेको छ ।

lcci
You might also like

Comments are closed.