सन्दर्भ पोउवासंघ ३२ औं महाधिवेशन ! मेरो उम्मेदवारी, तपाईको भोट’

पोखरा, २८ भदौ ।

पोखरा उद्योग वाणिज्य संघको ३२ औं महाधिवेशन नजिकिएको छ । उम्मेदवार भोट माग्न घरदैलोमा व्यस्त छन् । पोखराका सफल युवा उद्यमी व्यवसायीको रुपमा परिचित यदु अधिकारी पनि यतिबेला उद्योग वाणिज्य संघमा बरिष्ठ उपाध्यक्षमा आफुलाई उभ्याउँदै घरदैलो अभियानमा छन् ।

शुद्ध खानेपानी उपलब्ध गराउने उनले आप्mनो पोखरा उद्योग वाणिज्य संघभित्र सदस्यमा रहेर दुई वर्षे समयावधिमा मर्दीमुहान शुद्धिकरण परियोजना पुरा गरे । हो उनै अधिकारी शुद्ध खानेपानी योजनालाई मुर्त रुप दिने लक्ष्य र उद्देश्य बोक्दै आफनो उम्मेदवारीलाई प्रष्टयाउँदै आएका छन् । आफना भावी योजना लिएर घरदैलोमा व्यस्त छन् ।

आफैं प्रशोधित पानीको विक्रेता रहँदा मर्दीबाट उपलब्ध खानेपानीको विषयमा सधैं चिन्तित हुन्थे । पोखरा औद्योगिक क्षेत्रस्थित अन्नपूर्ण फुड्स एण्ड वेभरेज प्रालिले सोल्टी पानी उत्पादन गर्दै आएको छ । जुन पानी गण्डकीमै सर्वाधिक विक्री हुने पानी हो । उनी आफैं व्याडमिन्टनका खेलाडी एवं संघका केन्द्रीय सदस्य समेत हुन् । त्यसैले त स्वास्थ्यप्रति निकै सम्वेदनशिल हुदैं प्रत्येक दिन उद्योगमा पि.एच र टि डि एस परीक्षण गर्छन् ।

६ वर्ष अघि कम्पनीको शुरुवात गरेको अधिकारी विभिन्न सामाजिक संघसंस्था हुदैं पोखराकै जेठो सामाजिक संस्था पोखरा उद्योग वाणिज्य संघमा आफुलाई प्रस्तुत गरेका छन् । नम्र बोली र भद्र व्यवहारले उनलाई सबैको मनखानी बनाईदिएको छ । बोटल वाटर उद्योग संघ गण्डकी प्रदेशका संयोजक समेत रहेका अधिकारीले आपनो कम्पनीबाट उत्पादित पानीलाई मासिक रुपमै ल्याब परिक्षण गराउँदै बजारमा पठाउने गरेका छन् । भन्छन–बोटल वाटर उद्योगको मासिक ल्याब टेष्ट गर्छौ ।’ उनको अभियानले स्वास्थ्य प्रति सम्बेदनशिल बन्नुपर्छ भन्ने पाठ सिकाउँछ ।

प्रतिघण्टा १० हजार लिटर पानी उत्पादन हुन्छ । गण्डक क्षेत्रकै ठूलो पानी उद्योग पनि हो । विक्रीको हिसाबले १ नम्बर हो । गण्डकी क्षेत्रमा झण्डै ३५ वटा उद्योग सञ्चालित छन् । उत्कृष्ठ उद्योगको रुपमा पुरस्कृत समेत भईसकेको छ । उनले कम्पनीलाई झैं उद्योग वाणिज्य संघलाई पनि उत्कृष्ठ बनाउने सपना साँचेका छन् । त्यसैले उनको उम्मेदवार बरिष्ठ उपाध्यक्षमा छ । सबैले आशा र भरोस उनीमाथि गरेका छन् । नगरोस पनि कसरी, उनकै अगुवाईमा वर्षैादेखि नभएको मर्दिमुहान शुद्धिकरण योजनाको काम उनले आफनो दुईवर्षे समयावधिमा गरे ।

पोखरा आफैंमा टुरिजम क्षेत्र हो । पर्यटनको विकास गर्न उनले केवलकार निर्माण गरी आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनमा टेवा पुरयाउने भविष्यको योजना छ । पोखराको छोरेपाटनदेखि विश्वशान्ति स्तुपासम्म केवलकार निर्माण गर्ने उनको सपना छ जसले पोखराको पर्यटन प्रवद्र्धनमा टेवा मिल्ने विश्वास छ । आफना दीर्घकालिन योजनासँगै पोखरा उद्योग वाणिज्य संघको गरिमालाई अझ उचाई दिन बरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिएका अधिकारी भन्छन–मेरो उम्मेदवारी तपाईको भोट ।’

You might also like

Comments are closed.