सफल एक्स्पोको बम्पर उपहार कुपन नं. ७४८ लाई, को होला स्कुटर पाउने भाग्यमानी ?

आर्थिक आवाज
पोखरा, २४ मंसिर । पोखरा उद्योग वाणिज्य संघले मंसिर १३ गतेबाट आयोजना गरेको सफल एक्स्पो पोखरा सोमबार सकिएको छ । टिकट काटेर एक्स्पोमा सहभागीहरु मध्येबाट लक्की ड्रका आधारमा एक जना भाग्यमानी दर्शक छनोट गरिएको छ ।

एक्स्पोमा काटिएका टिकट मध्यबाट गोला प्रथा गर्दा टिकट नं. ७४८ का दर्शक भाग्यमानी बनेका छन् । उक्त नम्बर टिकटका दर्शकले स्कुटर उपहार पाउनेछन् । उक्त टिकट नम्बरका दर्शकलाई अर्धकट्टी सहित १५ दिनभित्र संघको कार्यालयमा सम्पर्क गर्नका लागि टिकट व्यवस्थापन उपसमिति संयोजक तारानाथ ढुंगानाले जानकारी दिए ।

You might also like

Comments are closed.