सफल एक्स्पोमा कारोवार र दर्शक बढ्दै

पोखरा, १७ मंसिर । पोखराको नयाँबजारमा जारी ‘सफल एक्सपो पोखरा साथमा तेस्रो मोवाइल मेला– २०७५’ मा कारोवार र दर्शक बढ्दै गएका छन् । एक्स्पो अगाडि बढ्दै गर्दा घरायसी सामान किन्ने तथा मनोरञ्जन चाहनेहरुको चाप बढ्दै गएको आयोजक संस्था पोखरा उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष नारायण कोइरालाले जानकारी दिए ।

‘एक्स्पोमा रहेका स्टलहरुले घरायसी सामानहरु विशेष छुटका साथ बिक्री गरेकाले पनि कारोवार अवलोकनकर्ता बढदै गएका हुन्’, उनले भने े,‘मनोरञ्जनात्मक कार्यक्रमले पनि अवलोकनकर्तालाई आकर्षित गरेको हो ।’

jutta mela

संघका महासचिव तथा प्रचार प्रसार समितिका संयोजक अर्जुन पोखरेलले लगानीको सम्वद्र्धन ः उद्योग व्यवसायको प्रवद्र्धन भन्ने नाराका साथ आयोजना भएको सफल एक्स्पो पोखरा साथमा तेस्रो मोवाइल मेला अर्थतन्त्र चलायमान बनाउन एवं उत्पादक र उपभोक्तालाई एउटै थलोमा भेट गराई उद्यमशीलता सृजना गर्न आयोजना गरिएको बताए । यसैगरी, पोखरा लगायत सम्पूर्ण राष्ट्रको औद्योगिक, कृषिजन्य, हस्तकलाका उत्पादन, सूचना प्रविधि, शिक्षा, स्वास्थ्य, पर्यटन लगायत कृषिजन्य उत्पादनहरुलाई प्रवद्र्धन तथा बजारीकरणमा सघाउ पु¥याउनु तथा गण्डकी प्रदेश र खासगरी पोखराको ब्यवसाय बिस्तारको संभावनाको खोजी एवं गण्डकी प्रदेशको पर्यटकीय सम्भावना उजागर गर्ने पनि मेलाको उदेश्य भएको पोखरेलले जानकारी दिए ।

पोखरा उद्योग वाणिज्य संघको आयोजना एवं पोखरा महानगरपालिका, पोखरा उपत्यका नगर विकास समितिको सहयोग, लक्ष्मी समूहको मूख्य प्रायोजन , नेपाल पर्यटन वोर्ड सहित आइएमई ग्रुपको प्रवद्र्धनमा एक्स्पो आयोजना भएको हो । एक्सपोलाई हिमायलयन डिष्टिलरी प्रालि,गरिमा विकास बैंक, सगरमाथा इन्स्योरेन्स कम्पनी प्रालि,होटल लेक सोर, टुडे मिनिरल वाटर,हन्सराज हुलासचन्द सन्स, हरपल चामल, हिमालयन जनरल इन्स्योरेन्स प्रालि,गण्डकी टे«ड हाउसको पिजो मोटर्स, सगरमाथा इन्स्योरेन्स प्रालि, नेपाल टेलिकम, राष्ट्रिय वाणिज्य बैंक, पोखरा इन्टरनेट,फर्निचर ल्याण्ड,बबिन टेलरिङ एण्ड लेडिज कलेक्सन,बोटलर्स नेपाल तराई प्रालिको कोकाकोला, गृहलक्ष्मी ग्याँस कम्पनी प्रालिबाट विभिन्न विधा तथा नेपाल जनरल मार्केटिङ प्रालिको तर्फबाट हिरो ड्युट बम्बर उपहारको रुपमा प्रायोजन गरेका छन् ।

एक्स्पोमा पोखरा औद्योगिक क्षेत्रमा रहेका उद्योगहरुका उत्पादन, मेड इन नेपाल पेभेलियन, विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उत्पादन, दैनिक उपभोग्य खाद्यबस्तु र लत्ताकपडा, पुष्प ,हस्तकलाका सामाग्री, अटो महिला उद्यमीका उत्पादनलगायतका ३ सयवटा स्टलहरु रहेका छन् । एक्सपोका साँस्कृतिक उपसमिति संयोजक तथा संघका कार्यसमिति सदस्य केशवबहादुर खत्रीका अनुसार मंगलबार लोकदोहोहरी गायकहरु खुमन अधिकारी, चोलेन्द्र पौडेल, तारापति पराजुली,कुमार पुन, घनश्याम भुषाल, माया गुरुङ, सीता केसी,सजना बास्तोला,अम्बर धिताल,सरला पाण्डे र सुरेश रानाको प्रस्तुति रहनेछ । यसैगरी नेपालका चर्चित गायक प्रमोद पोखरेलको विशेष प्रस्तुतिसहित सुमन केसीको समूह र लोकदोहोरी प्रतिष्ठान लमजुङबीचको दोहारी प्रतिष्पर्धा पनि रहेको साँस्कृतिक उपसमिति संयोजक खत्रीले जानकारी दिए । हाँस्य कलाकार पुरुषोत्तम भण्डारी ( पुर्खेवा), घाँटु नाच तथा शिववस्ती आमा समूह , खाष्टेताल बाराही आमा समूह र काहुँ कालिका आमा समूहको रत्यौली प्रतिष्पर्धाले पनि एक्सपोका अवलोकनकर्तालाई मनोरञ्जन दिने उनको भनाई छ ।

You might also like

Comments are closed.