सफल एक्स्पो पोखरा, घुमाउने घर र चौरी गाईसँग सेल्फी

आर्थिक आवाज/पोखरा

पोखरामा जारी सफल एक्स्पो पोखरामा दर्शकको चासो घुमाउने घर र चौरी गाईमा देखिएको छ । पोखरासहित सम्पूर्ण राष्ट्रको औद्योगिक, कृषिजन्य, हस्तकलाका उत्पादन, सूचना प्रविधि, शिक्षा, स्वास्थ्य, पर्यटनलगायत कृषिजन्य उत्पादनहरुलाई प्रवद्र्धन तथा बजारीकरणमा सघाउ पु¥याउनुका साथै गण्डकी प्रदेश र खासगरी पोखराको ब्यवसाय बिस्तारको सम्भावनाको खोजी गर्ने उद्देश्यले आयोजित एक्स्पोमा दर्शकको चासो परम्परागत घुमाउने घर र हिमाली चौरी गाईमा परेको हो ।

एक्स्पो पुगेका प्रायः सबै दर्शक चौरी गाई र घुमाउने घर नहेरी फर्कदैनन् । अझ भनौं सेल्फी नखिची उनीहरुको चित्तै बुझ्दैन । लोपोन्मुख अवस्थामा पुगेको परम्परागत घुमाउने महोत्सवको मूख्य आकर्षण नै बनेको छ । बृद्ध बृद्धाहरु आफ्नै गाउँको घुमाउने घर सम्झेर केहिबेर टोलाउँछन् । अनि आफूसँग गएकालाई फोटो खिच्दिन आग्रह गर्छन् त अधवैंशे तथा नव युवायुवतीहरु अनौठो मानेर घुमाउने घरलाई निध्याएर हेर्छन् । अनि अन्तिममा सेल्फी खिचेर फर्कन्छन् ।

एक्स्पोको अर्को आकर्षण भनेको चौरी गाई हो । हिमाली जिल्लामा मात्र पाइने चौरी गाई हेर्न एक्स्पोमा दर्शकको भीड नै लाग्ने गर्दछ । चौरी गाईसँग दर्शकले सेल्फी खिच्ने मात्र होइन, त्यसमा चढेर केहिबेर आनन्द लिनपनि छुटाउँदैनन् । यसले पनि दर्शकलाई छुट्टै मज्जा दिएको छ ।

एक्स्पोमा मोवाइल मेलाले आकर्षण थपेको छ । नयाँ नयाँ ब्राण्ड निस्किरहने भएकाले दर्शकहरु मोवाइल स्टलमा पुगेर त्यसबारे जानकारी लिने गरेका छन् । अझ मोवाइल मेलाको अवसर पारेर प्रायः सबै कम्पनीले मोवाइल एक्सचेञ्ज अफर दिएकालेपनि दर्शकको भीड हुने गरेको छ ।

एक्स्पोमा हस्तकला र मेड इन नेपाल पेभेलियनमा पनि दर्शकको चासो हुने गरेको छ । कतिपय दर्शक हस्तकलाका सामान घरमा लगेर सजाउनका लागि खरिद गर्ने उद्धेश्यले त्यहाँ जानेगरेका छन् भने कतिपय दर्शक हस्तकलाका सामान कसरी उत्पादन गर्न सकिन्छ भनेर बुझ्न पनि पुग्ने गरेको पोखरा उद्योग वाणिज्य संघका महासचिव अर्जुन पोखरेलले बताए । त्यस्तै मेड इन नेपाल पेभेलियनमा पनि दर्शकले चासो देखाउँदै त्यहाँको सामान अवलोकन गर्ने गरेको उनको भनाई छ ।

एक्स्पोमा पहिलोपटक राखिएको औद्योगिक पेभेलियनमासमेत दर्शकले चासो देखाएका छन् । पोखरामा कस्ता ? कस्ता ? उद्योगहरु छन् र तिनिहरुले के के उत्पादन गर्दा रहेछन् भनेर बुझ्न दर्शकहरु औद्योगिक पेभेलियन पुगेका हुन् ।

कृषिजन्य उत्पादनका स्टलहरुमा दर्शकहरु सामान खरिद गर्नका लागि पुग्ने गरेका छन् । पसलहरुमा भन्दा एक्स्पोमा सामान केहि सस्तो हुने भएकाले दर्शकहरुले एक्स्पोबाटै खाद्य वस्तुहरु खरिद गर्नेगरेका हुन् । त्यतिमात्र होइन जाडोका सामान किन्ने थलो पनि बनेको छ एक्स्पो पोखरा । जहाँ उनीका न्याना कपडाहरुदेखी ज्याकेटलगायतका लत्ताकपडाहरु बेच्नका लागि राखिएका छन् । सूचना प्रविधि, शिक्षा, स्वास्थ्यमा दर्शकहरु केहि मात्रामा पुगेपनि पर्यटनका स्टलहरुमा मानिसहरु जानकारी लिन पुग्ने गरेका छन् । खासगरी मिलिनियम टे«क, होमस्टे तथा पोखराका पर्यटकीय गन्तव्य र त्यहाँ हुने गतिविधीहरुबारे जानकारी लिन दर्शक त्यस्ता स्टलमा पुग्ने गरेका हुन् । एक्स्पोमा पुगेका दर्शक सांस्कृतिक कार्यक्रममा पुगेर रम्ने गरेका छन् । दोहोरीदेखी पप तथा आधुनिक गीतका चर्चित गायक÷गायीकाहरुको लाइभ प्रस्तुतीमा दर्शक रमाउने गरेका हुन् । उसो त एक्स्पोमा प्रदर्शन गरिएको वालन, कौरा, भजन, चुड्का, लाखेनाचलगायतलाई पनि दर्शकले औधी मन पराएका छन् ।

एक्स्पोमा सोमबारसम्ममा आधा लाख भन्दा बढी दर्शकले अवलोकन गरिसकेको आयोजक पोखरा उद्योग वाणिज्य संघले जनाएको छ । एक्स्पोमा अघिल्ला दिनहरुमा भन्दा पछिल्ला दिनहरुमा दर्शकको चाप बढ्दै गएको संघका महासचिव अर्जुन पोखरेलले जानकारी दिए । उनका अनुसार एक्स्पोमा करोडौंको कारोबार भइसकेको छ ।

पोखरा उद्योग वाणिज्य संघले गत वर्षहरुमा हुने राष्ट्रिय औद्योगिक व्यापार मेलाकै परिस्कृत रुप सफल एक्स्पो पोखरा भएको भन्दै एक्स्पोमा आउन पोखरेलीलाई अपिल गरेको छ । संघका महासचिव अर्जुन पोखरेलले भने,‘अहिलेको एक्स्पो विगतमा हुनेगरेको राष्ट्रिय औद्योगिक व्यापार मेलाकै परिस्कृत रुप हो, त्यसैले म पोखरेली दाजुभाई तथा दिदीवहिनीहरुलाई नझुक्किई एक्स्पोमा सहभागि हुन आग्रह गर्दछु ।

मंसिर २४ गतेसम्म जारी रहने एक्स्पोमा ३ सय स्टलहरु रहेका छन् । पोखराको औद्योगिक घराना लक्ष्मी समूहको सफल ब्राण्ड टाइटल स्पोन्सर रहेको एक्सपोबाट ९० लाख संकलन गरेर ६० लाख खर्च गरी ३० लाख बचत गर्ने लक्ष्य राखिएको संघका अध्यक्ष दामु अधिकारीले जानकारी दिए । एक्स्पोको प्रवेश टिकटमा दैनिक पुरस्कार राखिएको छ भने अन्तिममा एक जनालाई बम्पर उपहार हिरो ड्युट स्कुटर प्रदान गरिने जनाइएको छ ।

You might also like

Comments are closed.