सफल एक्स्पो पोखरा तथा मोबाइल मेलाको तयारी तीब्र

आर्थिक आवाज
पोखरा, २६ कात्तिक । सफल एक्स्पो पोखरा साथमा तेस्रो मोवाइल मेला–२०७५ को तयारी तीब्र पारिएको छ । एक्स्पो सम्पन्न गर्न गठित विभिन्न उपसमितिहरुले आफ्नो जिम्मेवारी अनुसारका गतिविधी अगाडि बढाउँदा तयारी तीब्ररुपले अगाडि बढेको हो ।

सफल एक्स्पो पोखरा साथमा तेस्रो मोवाइल मेला २०७५ आउँदो मंसिर १३ देखि मंसिर २४ गतेसम्म पोखरा प्रदर्शनी केन्द्र नयाँबजारमा आयोजना हुँदैछ । एक्स्पो संघले वर्षेनी आयोजना गर्दै आएको राष्ट्रिय औद्योगिक व्यापार मेलाको परिष्कृत रुप हो । एक्स्पो पोखराको टाइटल स्पोन्सर यो पटक पनि पोखरेली औद्योगिक घराना लक्ष्मी समूह रहेको छ ।

संघका बरिष्ठ उपाध्यक्ष तथा प्रायोजक व्यवस्थापन उपसमितिका संयोजक नारायण कोइरालाका अनुसार विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उत्पादन तथा व्यापारिक घरानाहरुले एक्स्पोप्रति विशेष चासो व्यक्त गरेका छन् । ‘आफ्ना उत्पादनहरु उपभोक्तासम्म पु¥याउनको लागि महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको राष्ट्रिय औद्योगिक व्यापार मेलाको निरन्तरता भएकोले पनि उत्पादकहरु एक्स्पोसँग सहकार्य गर्न आतुर रहनु भएको हो’, उनले भने, ‘उत्पादकहरुको सकारात्मक सहयोगले हामी उत्साहित छौँ ।’

संघका महासचिव तथा प्रचार प्रसार संयोजक अर्जुन पोखरेलका अनुसार एक्स्पोलाई अन्य मेला÷महोत्सवभन्दा फरक बनाउन संघले विशेष ध्यान दिएको छ । ‘हामी सफल एक्स्पो पोखरालाई मनोरञ्जनात्मक भन्दा पनि आफ्नो उद्देश्य अनुरुप अगाडि बढाउने योजना अगाडि सारेका छौँ’,’ उनले भने, ‘उत्पादक र उपभोक्तालाई एउटै थलोमा भेला गराउने र समग्र गण्डकी प्रदेशको आर्थिक गतिविधी चलायमान बनाउन हामी कुनै कसर बाँकी राख्ने छैनौँ ।’

उनका अनुसार स्टल व्यवस्थापन उपसमितिका संयोजक विन्दु कोइराला सुवेदी, यातायात व्यवस्थापन उपसमितिका संयोजक हर्कबहादुुर अधिकारी, हस्तकला व्यवस्थापन उपसमिति संयोजक कुमारी मुना बास्तोला, रेष्टुरेण्ट व्यवस्थापन उपसमिति संयोजक नगेन्द्रप्रसाद सुवेदी, स्वास्थ्य व्यवस्थापन उपसमिति संयोजक रुद्रप्रसाद लुइटेल, व्यानर व्यवस्थापन उपसमिति संयोजक चिनुकुमारी गुरुङ, उपहार व्यवस्थापन उपसमिति संयोजक ऋषिराम शर्मा भण्डारी, बाल उद्यान व्यवस्थापन उपसमिति संयोक हरिराज पन्त, टिकट व्यवस्थापन उपसमिति संयोजक तारानाथ ढुंगानाले आफू मातहत गठित उपसमितिहरुको बैठक बसी एक्स्पोलाई सफल बनाउन गहन छलफलपछि विभिन्न निर्णयहरु भइसकेका छन् । बाँकी उपसमितिहरुले पनि आफ्नो जिम्मेवारी अनुरुपका गतिविधीहरु अगाडि बढाइरहेको महासचिव पोखरेलको भनाई छ ।

यसअघि, नै संघको कार्यसमितिको बैठकले एक्स्पो सफल बनाउन अध्यक्ष दामु अधिकारीको अध्यक्षतामा मूल समारोह समितिसहित विभिन्न २४ वटा उपसमिति गठन गरेको थियो । संघका महासचिव अर्जुन पोखरेलका अनुसार एक्स्पोलाई भव्य बनाउने उद्देश्यसहित गठित समितिहरुमध्ये अतिथी सत्कार उपसमितिको जिम्मा निवर्तमान अध्यक्ष विश्वशंकर पालिखेले छन् ।

प्रायोजन व्यवस्थापन उपसमितिमा संघका वरिष्ठ उपाध्यक्ष नारायण कोइराला, स्टल व्यवस्थापनमा संघको उद्योगतर्फका उपाध्यक्ष विन्दु कोइराला सुवेदी, सुरक्षा व्यवस्थापनमा संघका वाणिज्यतर्फका उपाध्यक्ष पवनकुमार प्रजापती छन् । प्रचार प्रसार उपसमितिको जिम्मेवारीमा महासचिव अर्जुन पोखरेल छन् भने आर्थिक व्यवस्थापन उपसमितिमा कोषाध्यक्ष सुरेन्द्रमान बिजुक्छे, व्यानर व्यस्थापनमा उपमहासचिव चिनु गुरुङले जिम्मेवारी लिएकी छन् ।

साँस्कृतिक व्यवस्थापन उपसमितिमा संघका कार्यसमिति सदस्य केशवबहादुर खत्री, विद्युत तथा टेलिफोन व्यवस्थापनमा कार्यसमिति सदस्य रामेश्वर अधिकारी एवं मञ्च÷समारोह व्यवस्थापनमा कार्यसमिति सदस्य चिन्तामणि बास्तोलालाई संयोजकको जिम्मेवारी दिइएको छ । कार्य समितिका सदस्यहरु नगेन्द्रप्रसाद सुवेदी, हरिहर सापकोटा, हरिराज पन्त, तारानाथ ढुंगाना र कुमारी मुना बास्तोलाई क्रमशः रेष्टुरेण्ट, पार्किङ, बाल उद्यान, टिकट र हस्तकला व्यवस्थापन उपसमितिको जिम्मेवारी दिइएको महासचिव पोखरेलले जनाए ।

खानेपानी तथा वातावरण एवं सरसफाईमा सोवित पौडेल, मूलद्वारमा दीनेशचन्द्र बास्तोला, स्वास्थ्यमा रुद्रप्रसाद लुईँटेल र स्थानीय समवन्य उपसमितिमा बलराम आचार्य संयोजक छन् । यातायात व्यवस्थापनमा हर्कबहादुर अधिकारी, प्रकाशन तथा उपहारमा ऋषिराम शर्मा भण्डारी, पर्यटनमा कृतिबल्लभ त्रिपाठी, कृषि व्यवस्थापनमा श्रीप्रसाद घले तथा उद्योग समन्वय उपसमितिको संयोजकको जिम्मेवारी सुरेशबहादुर श्रेष्ठले लिएका छन् ।

You might also like

Comments are closed.