सफल एक्स्पो पोखरा भव्य बनाउन विभिन्न उपसमिति गठन

पोखरा, १७ असोज ।
पोखरा उद्योग वाणिज्य संघले आउँदो मंसिरको दोस्रो साता आयोजना हुने ‘सफल एक्स्पो पोखरा–२०७५’लाई सफल बनाउन विभिन्न उपसमितिहरु गठन गरेको छ ।

संघको मंगलबार बसेको कार्यसमितिको बैठकले एक्स्पो सफल बनाउन अध्यक्ष दामु अधिकारीको अध्यक्षतामा मूल समारोह समितिसहित विभिन्न २४ वटा उपसमिति गठन गरेको हो । सफल एक्सपो पोखरा आउँदो मंसिर १३ देखि मंसिर २४ गतेसम्म पोखरा प्रदर्शनी केन्द्र नयाँबजारमा आयोजना हुँदैछ । एक्स्पो पोखरा संघले वर्षेनी आयोजना गर्दै आएको राष्ट्रिय औद्योगिक व्यापार मेलाको परिष्कृत रुप हो । एक्स्पो पोखराको टाइटल स्पोन्सरमा सफल दूध रहेको छ ।

संघका महासचिव अर्जुन पोखरेलका अनुसार एक्स्पोलाई भव्य बनाउने उदेश्यसहित गठित समितिहरुमध्ये अतिथी सत्कार उपसमितिको जिम्मा निवर्तमान अध्यक्ष विश्वशंकर पालिखेले लिएका छन् । यसैगरी प्रायोजन व्यवस्थापन उपसमितिमा संघका वरिष्ठ उपाध्यक्ष नारायण कोइराला, स्टल व्यवस्थापनमा संघको उद्योगतर्फका उपाध्यक्ष विन्दु कोइराला सुवेदी, सुरक्षा व्यवस्थापनमा संघका वाणिज्यतर्फका उपाध्यक्ष पवनकुमार प्रजापति रहेका छन् । प्रचार प्रसार उपसमितिको जिम्मेवारीमा महासचिव अर्जुन पोखरेल रहेका छन् भने आर्थिक व्यवस्थापन उपसमितिमा कोषाध्यक्ष सुरेन्द्रमान बिजुक्छे, व्यानर व्यस्थापनमा उपमहासचिव चिनु गुरुङले जिम्मेवारी लिएका छन् ।

साँस्कृतिक व्यवस्थापन उपसमितिमा संघका कार्यसमिति सदस्य केशवबहादुर खत्री, विद्युत तथा टेलिफोन व्यवस्थापनमा कार्यसमिति सदस्य रामेश्वर अधिकारी एवं मञ्च÷समारोह व्यवस्थापनमा कार्यसमिति सदस्य चिन्तामणि बास्तोलालाई संयोजकको जिम्मेवारी दिइएको छ । कार्य समितिका सदस्यहरु नगेन्द्रप्रसाद सुवेदी, हरिहर सापकोटा, हरिराज पन्त, तारानाथ ढुंगाना र कुमारी मुना बास्तोलाई क्रमशः रेष्टुरेण्ट, पार्किङ, बाल उद्यान, टिकट र हस्तकला व्यवस्थापन उपसमितिको जिम्मेवारी दिइएको महासचिव पोखरेलले जानकारी दिए ।

खानेपानी तथा वातावर एवं सरसफाईमा सोवित पौडेल, मूलद्धारमा दीनेशचन्द्र बास्तोला, स्वास्थ्यमा रुद्रप्रसाद लुईँटेल र स्थानीय समवन्य उपसमितिमा बलराम आचार्य संयोजक रहेका छन् । यातायात व्यवस्थापनमा हर्कबहादुर अधिकारी, प्रकाशन तथा उपहारमा ऋषिराम शर्मा भण्डारी, पर्यटनमा कृतिबल्लभ त्रिपाठी, कृषि व्यवस्थापनमा श्रीप्रसाद घले तथा उद्योग समन्वय उपसमितिको संयोजकको जिम्मेवारी सुरेशबहादुर श्रेष्ठले लिएका छन् ।

संघको बैठकले संघको सचिवालयको दैनिक कार्य संचालनको लागि महासचिव अर्जुन पोखरेलको संयोजकत्वमा प्रशासन तथा सदस्यता उपसमिति एवं कोषाध्यक्ष सुरेन्द्रमान विजुक्छेको संयोजकत्वमा आर्थिक उपसमिति पनि गठन गरेको छ ।

You might also like

Comments are closed.