सफल एक्स्पो पोखरा व्यवसाय प्रवद्र्धनको माध्यम बन्नुपर्नेमा सरोकारवालाको जोड

पोखरा, २९ कार्तिक । सरोकारवालाहरुले ‘सफल एक्स्पो पोखराको साथमा तेस्रो मोवाइल मेला २०७५ व्यवसाय प्रवद्र्धनको माध्यम बन्नुपर्नेमा जोड दिएका छन् । उनीहरुले एक्स्पोले उत्पादक र उपभोक्ताबीच प्रत्यक्ष सम्बन्ध स्थापनामा सघाउनु पर्ने धारणा पनि व्यक्त गरेका छन् ।

आयोजक पोखरा उद्योग वाणिज्य संघले बुधबार बस्तुगत संघका अध्यक्ष तथा प्रतिनिधीहरुसँग एक्स्पो सफल बनाउन आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्ने वक्ताहरुले एक्स्पो पोखरा प्रवद्र्धनको माध्यमसमेत बन्नुपर्ने सुझाव पनि दिएका छन् ।

पोखरा उद्योग वाणिज्य संघको आयोजनामा मंसिर १३ देखि २४ गतेसम्म पोखरा प्रदर्शनी केन्द्र नयाँबजारमा आयोजना हुने ‘सफल एक्स्पो पोखरा साथमा तेस्रो मोवाइल मेला आयोजना हुँदैछ ।

कार्यक्रममा बोल्दै आन्तरिक राजश्व कार्यालय पोखरामा प्रमुख कर अधिकृत केशवकुमार उप्रेतीले एक्सपोको सफलताको कामना गर्दै आउँदो कर सप्ताहलाई सफल बनाउन उद्योगी÷व्यवसायीहरुलाई आग्रह गरे ।

सातौँ राष्ट्रिय कर दिवसको अवसरमा आउँदो मंसिर १ गतेदेखि ७ गतेसम्म पोखरामा विभिन्न कार्यक्रम आयोजना गरी कर सप्ताह मनाइँदै छ । कर सचेतता तथा अािर्थक ऐन २०७५ ले दिएका सुविधाहरुबारे जानकारी दिने उदेश्य समेत राखिएको कर सप्ताहको पहिलो दिन प्रभातफेरीको आयोजना गरिएको छ भने बाँकी दिनहरुमा विभिन्न कार्यक्रमहरु तय गरिएको उप्रेतीले जानकारी दिए ।

कार्यक्रममा बोल्दै पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष दामु अधिकारीले सफल पोखरा एक्स्पो तथा तेस्रो मोवाइल मेला २०७५ लाई भव्य बनाउन सबै बस्तुगत संघ÷संस्थाबाट सहयोगको अपेक्षा गरिएको जानकारी दिए । बस्तुगत संघ÷संस्था तथा सदस्यहरुको सुझावको आधारमा एक्सपोलाई अगाडि बढाउने जानकारी दिँदै उनले एक्स्पो उत्पादक र उपभोक्ताको भेटघाट गराउने तथा उद्यमशीलता सिकाउने थलो भएको प्रष्ट पारे ।

पोखरा उद्योग वाणिज्य संघका महासचिव अर्जुन पोखरेलको संचालन रहेको कार्र्यक्रममा बोल्दै व्यवसायीहरु प्रेम भुजेल, चुडामणि अधिकारी, रामबहादुर केसी, माधव भण्डारी, चन्द्र कुँवर, युवराज पौडेल, यामबहादुर पौडेल, बलराम तिमिल्सिना, उदय केसी, कमल न्यौपाने र पदम श्रेष्ठले एक्सपोमा मूल्यको अनुगमन हुनुपर्ने, वास्तविक उत्पादकहरुलाई एक्सपोमा सहभागी गराउनु पर्ने, फिरन्ता व्यापारीलाई स्टल दिन नहुनेलगायतका सुझावहरु दिएका थिए ।

You might also like

Comments are closed.