सफल चौतारीको आयोजनामा पोखरामा मनाइयो होली

आर्थिक आवाज
पोखरा, ६ चैत । लायन्स क्लब अफ पोखरा सफल चौतारीको आयोजनामा होलीको अवसरमा शुभकामना आदानप्रदान तथा होली मनाउने कार्यक्रम सम्पन्न भएको छ । होलीको अवसरमा बुधबार पोखरा पार्टी प्यालेसमा कार्यक्रम आयोजना भएको हो । कार्यक्रममा सहभागीहरुले आपसमा शुभकामना आदानप्रदान गर्दै रंगहरु दलेर होली मनाएका थिए ।

कार्यक्रममा पोखरा क्षेत्रका लायन्स सदस्यहरु सहभागी थिए । क्ल्बका अध्यक्ष जीतेन्द्र थापाको सभापतित्वमा आयोजित कार्यक्रममा लायन्सका पास्ट डिष्ट्रिक्ट गभर्नर दीपक श्रेष्ठ, सेकेण्ड भाइस गभर्नरका उम्मेदवार विशेश्वर आचार्य लगायतले बोलेका थिए । आपसी भाइचाराको सम्बन्ध अभिबृद्धि गरी संस्कृतिको संरक्षण गर्ने लक्ष्यसहित कार्यक्रम आयोजना गरिएको अध्यक्ष थापाले जानकारी दिए ।

You might also like

Comments are closed.