सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनको तेह्रौं संस्करण फागुन ७ गते हुने

 

पोखरा, १४ मंसीर

पोखरामा आगामी फागुनको पहिलो साता अन्तर्राष्ट्रिय म्याराथन प्रतियोगिता हुने भएको छ । भूतपूर्व खेलाडी मञ्च नेपालको आयोजनामा पोखरालाई खेलकुद पर्यटन सहरको रुपमा स्थापित गर्ने उद्धेश्यले ‘स्वास्थ्यका लागि खेलकुद’ भन्ने नाराका साथ आगामी फागुन ७ गते १३ औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन २०७५ हुने भएको हो । रन फर फनसहित विभिन्न ८ इभेन्टमा प्रतिष्पर्धा हुने प्रतियोगिताको तयारी थालिएको आयोजक भूतपूर्व खेलाडी मञ्च पोखराले शुक्रबार पोखरामा पत्रकार सम्मेलन गरी जानकारी दिएको हो । वर्षको एक दिन शहरकै उत्सवको रुपमा मनाउने उद्धेश्य अनुरुप २१ वटा उप समिति बनाएर तयारी शुरु गरिएको मञ्चका अध्यक्ष तेजबहादुर गुरुङले जानकारी दिए । उनका अनुसार प्रतियोगिता सम्पन्न गर्नका लागि पोखरेली मञ्च युके, पोखरेली मञ्च हङकङ, सहरका क्लव युकेलगायतका संघसंस्थाहरुले सहयोग गर्ने प्रतिबद्धता जनाइसकेका छन् ।

प्रतियोगितामा म्याराथन, १० किलोमिटर महिला तथा पुरुष दौड, ५ किलोमिटर छात्र तथा छात्रा दौड, अपाङ्गता भएकाहरुका लागि ४ सय मिटर पुरुष तथा १ सय मिटर महिला र १ सय मिटर दृष्टीविहिन ह्विल चेयर प्रतियोगिता गरी ८ इभेन्टमा प्रतिष्पर्धा हुने मञ्चका अध्यक्ष तेजबहादुर गुरुङले जानकारी दिए ।

प्रतियोगितामा एकैदिन करीब ५ हजार धावक दौडिने आयोजकले दाबी गरेको छ ।

पुरस्कारको राशी बढ्यो

म्याराथनमा प्रथम हुनेले नगद एक लाख प्राप्त गर्ने आयोजकले जनाएको छ । यसअघी प्रथम पुरस्कार ७० हजार राखिएकोमा ३० हजार थपेर एक लाख पु¥याइएको अध्यक्ष गुरुङले जानकारी दिए । त्यस्तै द्वितीय पुरस्कारको राशी ७० हजार पु¥याइएको छ । गत वर्ष राखिएको ४५ हजारमा २५ हजार थपेर द्वितीय पुरस्कारको राशी ७० हजार पु¥याएको उनले बताए । यसैगरी तेश्रो हुनेलाई ५० हजार दिइने भएको छ । गत वर्ष ३० हजार दिइएको तृतीय पुरस्कारको राशी २० हजार बढाएर ५० हजार पु¥याइएको हो ।

त्यस्तै, १० कि.मी. पुरुष–महिला दौडमा प्रथमले १५, दोश्रोले १० हजार र तेश्रो हुनेले ५ हजार, ५ किलोमिटर छात्र–छात्रा दौडामा प्रथमले १० हजार, दोश्रोले ७ र तेश्रो ४ हजार प्राप्त गर्ने मंचले जनाएको छ । प्रतियोगितामा ४ सय मीटर ह्विल चेयर पुरुष–महिला र १ सय मिटर दृष्टिविहिन दौडमा प्रथम हुनेले ५, दोश्रो हुनेले ३ र तेश्रो हुनेले २ हजार प्राप्त गर्नेछन् ।

सफल दूधको मूख्य प्रायोजनमा हुने प्रतियोगिता सम्पन्न गर्न २२ लाख ९९ हजार खर्च लाग्ने अनुमान गरिएको अध्यक्ष गुरुङले जानकारी दिए ।

You might also like

Comments are closed.