सफल पोखरा अन्तराष्ट्रिय म्याराथनमा ८ देशका ५ हजार दौडिने

 

पोखरा, ६ फागुन

पोखरामा मंगलबार अन्तराष्ट्रिय म्याराथन प्रतियोगिता हुँदैछ । भूतपूर्व खेलाडी मञ्च नेपालको आयोजनामा पोखरालाई खेलकुद पर्यटन सहरको रुपमा स्थापित गर्ने उद्धेश्यले स्वास्थ्यका लागि खेलकुद भन्ने नाराका साथ हरेक वर्ष हुँदै आएको सफल पोखरा अन्तराष्ट्रिय म्याराथन प्रतियोगिताको १३ औं संस्करण भोलि मंगलबार पोखरामा हुन लागेको हो । प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजक भूत पूर्व खेलाडी मञ्च नेपालले जनाएको छ ।

MANASLU

रन फर फनसहित विभिन्न ९ इभेन्टमा प्रतिष्पर्धा हुने प्रतियोगितामा करीब ५ हजारले दौडने मञ्चका अध्यक्ष तेजबहादुर गुरुङले जानकारी दिए ।

प्रतियोगिता अन्तर्गत ४२.१९५ किलोमिटरको म्याराथन तर्फ ८ देशका ६५ जनाले प्रतिष्पर्धा गर्ने भएका छन् । जसमा ५ महिलाले पनि सहभागिताका लागि नाम दर्ता गराएको मञ्चका अध्यक्ष तेजबहादुर गुरुङले जानकारी दिए । म्याराथनमा नेपालबाहेक जापान, चीन, फ्रान्स, अष्ट्रेलिया, ईण्डोनेसिया, ट्यूनेसिया र बेलायत (युके)का १४ जना विदेशीले प्रतिष्पर्धा गर्ने अध्यक्ष गुरुङले जानकारी दिए ।

खुल्ला १० किलोमिटर महिला दौडतर्फ ५५ जनाले प्रतिष्पर्धा गर्ने भएका छन् भने १० किलोमिटर पुरुष दौडमा १९० जनाले प्रतिष्पर्धा गर्ने अध्यक्ष गुरुङले बताए । पुरुषतर्फ फ्रान्सको १, जापानको १, कोरियन ३, चीनको ६ जना र अष्ट्रेलियाको १ जनाले प्रतिष्पर्धाका लागि नाम दर्ता गराएको मञ्चले जनाएको छ । यसैगरी महिला तर्फ १० किलोमिटरमा चीनको ५, जापानको तथा, फ्रान्स र नेदरल्याण्डको १÷१ जनाले नाम दर्ता गराएको मञ्चका अध्यक्ष गुरुङले जानकारी दिए ।

प्रतियोगिता अन्तर्गत ५ किलोमिटर छात्रतर्फ ७७६ जनाले प्रतिष्पर्धा गर्नेछन् भने ५ किलोमिटर छात्रा दौडमा ३३० जनाले प्रतिष्पर्धा गर्नेछन् ।

अपाङ्गता भएकाहरुका लागि आयोजित ह्विल चेयर प्रतियोगिताको महिलातर्फ ३ र पुरुषतर्फ १४ जनाले प्रतिष्पर्धा गर्ने मञ्चले जनाएको छ ।

दृष्टिविहिन् एक सय मिटर दौडमा महिलातर्फ १३ जना र पुरुषतर्फ २२ जनाले प्रतिष्पर्धा गर्ने अध्यक्ष तेजबहादुर गुरुङले जानकारी दिए । अन्य ३ हजार ५ सय बढीले रन फर फनमा प्रतिष्पर्धा गर्ने मञ्चले जनाएको छ ।

आयोजकका अनुसार पोखरा रंगशालाबाट सोमबार विहान ठीक ६ः३० बजे म्याराथन शुरु हुनेछ । ४२.१ किलोमिटरको म्याराथन दौड रंगशालाबाट शुरु भएर पृथ्वीचोक, विरौटा चोक, राष्ट्रवैंक चोक, सहीदचोक, बसुन्धरा पार्क, हल्लनचोक, जिरोकिलोमिटर, सिम्पानी, माछापुच्छ्रै वैंकचोक, भिमकालीपाटन चोक, महेन्द्रपुल, रानीपौवा, पुरानोधारा, गौंडामुख, भद्रकाली चोक, मियापाटन, वि.पी. मार्ग, चाउथे चोक, शिव मन्दिर, कृष्ण मन्दिर, भोटेको चौतारा, , माछापुच्छ्रे आदर्श आमा समूहचोक, मनकामना मन्दिर, वडा नम्बर १४ को कार्यालय, शुक्रराज बलभद्र स्कुल, निराजन चोक, गलेश्वरचोक, ढुङ्गेसाँघु चोक, होटल फुलबारीचोक, टुटुंगा, महतगौडा चोक, अन्तर्राष्ट्रिय म्यूजियम, आँखा हस्पिटलचोक, अन्नपूर्ण हाउसिजङ्ग चोक, राधाकृष्ण मन्दिर, नयाँ गाउँ (सेन्ट मेरिज स्कूल चोक), वन क्याम्पस, नयाँ एयरपोर्ट, कालिका क्याम्पस गेट, भारतीय पेन्सन क्याम्प गेट, तमु धीं यू.के. गेट हुँदै पोखरा रंगशालामा पुगेर समापन हुनेछ ।

यसैगरी १० किलोमिटर दौड पोखरा रंगशालाबाट सुरु भई मुस्ताङचोक, विरौटा चोक, राष्ट्रवैंक चोक सहीदचोक, बसुन्धरा पार्क, हल्लनचोक, जिरोकिलोमिटर, सृजनाचोक, सभागृह चोक, पृथ्वीचोक हुँदै उत्तरतर्फको रंगशाला गेटबाट रंगशालामा पुगेर समापन हुनेछ ।

त्यस्तै, ५ कि.मी. दौड रंगशालाबाट सुरुभई पृथ्वीचोक, एअरपोर्ट हर्कचोकबाट दाहिने हुँदै जनप्रिय क्याम्पस, रत्नचोक, सृजनाचोक, सभागृहचोक, पृथ्वीचोक, रंगशाला गेटहुँदै रंगशालामा पुगेर समापन हुनेछ ।

मञ्चका अध्यक्ष तेजबहादुर गुरुङले विश्व परिवेशमा चर्चित शहरको नाममा आयोजना गरिने सिटी म्याराथनको अवधारणा अनुरुपनै सुन्दर पर्यटकीय नगरी पोखरालाई पनि खेलकुदका विश्व मानचित्रमा स्थापित गराउने, खेलकुदको माध्यमबाट पर्यटन प्रवद्र्धन गर्न र वर्षको एक दिन शहरकै उत्सवको रुपमा प्रतियोगितालाई स्थापित गराउने आफूहरुको उद्धेश्य रहेको बताए । उनले प्रतियोगिहरुलाई घर अगाडि आईपुग्दा स्थानियले घडा र कलश राखेर स्वागत गर्ने जानकारी दिए ।

पोखराको प्रतिष्ठित खेलको रुपमा स्थापित पोखरा म्याराथनलाई सुजल डेरी उधोगको उत्पादन सफल दुधले तीन वर्षदेखि मुख्य प्रायोजन गर्दै आइरहेको छ । त्यस्तै प्रतियोगिताको ईन्टरनेसनल पार्टनरको रुपमा पोखरेली मञ्च युके, सोसियल पार्टनरको रुपमा वी विल राइज फाउण्डेसन, ईन्टरनेसनल मार्केटिङ पार्टनरको रुपमा एडभेञ्चर स्पोर्टस् नेपाल रहेको छन् । यसैगरी प्रतियोगिताको सहप्रायोजकमा हिम अस एजुकेसन कन्सल्टेन्सी र पश्चिमाञ्चल होटल संघ, अफिसियल होटलमा ग्लासियर होटल एण्ड स्पा, उपप्रयोजकमा लुम्विनी विकास वैंक र गण्डकी विकास वैंक, अफिसियल रेष्टुरेण्टमा बुम¥याङ्ग रेष्टुरेण्ट र दि मुग्लान रेष्टुरेण्ट, प्रवद्र्धकमा भिजिट नेपाल २०२० र नेपाल पर्यटन वोर्ड तथा सहयोगी संस्थाको रुपमा राष्ट्रिय खेलकुद परिषद तथा नेपाल ओलम्पिक कमिटी रहेका छन् ।

म्याराथनमा प्रथम हुनेले नगद एक लाख, दोश्रो हुनेले ७० हजार र तेश्रो हुनेले ५० हजार तथा चौथो हुनेले सान्त्वना स्वस्प नगद ७ हजार प्राप्त गर्ने आयोजकले जनाएको छ । त्यस्तै, १० कि.मी. पुरुष–महिला दौडमा प्रथमले १५, दोश्रोले १० हजार र तेश्रो हुनेले ५ हजार, ५ किलोमिटर छात्र–छात्रा दौडामा प्रथमले १० हजार, दोश्रोले ७ र तेश्रो ४ हजार प्राप्त गर्ने मंचले जनाएको छ । प्रतियोगितामा ह्विल चेयर पुरुष–महिला र १ सय मिटर दृष्टिविहिन महिला तथा पुरुष दौडमा प्रथम हुनेले ५, दोश्रो हुनेले ३ र तेश्रो हुनेले २ हजार प्राप्त गर्नेछन् ।

सम्बन्धित खवर
baba hardware
टिप्पणिहरु
Loading...