सफल पोखरा एक्स्पोको तयारी तिब्र ७५ प्रतिशत स्टल बुकिङ

मंसिर ३, पोखरा ।

पोखरा उद्योग वाणिज्य संघले मंसिर १३ गतेबाट सञ्चालन गर्ने ‘सफल पोखरा एक्स्पो’को तयारीलाई तिब्र बनाएको छ । एक्स्पोमा यस पटक २ सय ८० वटा स्टल रहने महासचिव अर्जुन पोखरेलले जानकारी दिए । ‘७५ प्रतिशत स्टल बुकिङ भइसेको छ,’ उनले भने, ‘स्टल बुकिङ हुने क्रम जारी छ ।’

गत वर्षसम्म संघले राष्ट्रिय औद्योगिक व्यापार मेला आयोजना गर्दै आइरहेकामा यसपटक मेलालाई एक्स्पोमा परिणत गरिएको हो । ‘गत वर्षको मेला भन्दा फरक तरिकाले एक्स्पो गर्दैछौं,’ उनले भने, ‘आयातित सामानलाई कम प्राथमिकतामा राखेर स्थानीय तथा स्वदेशी उत्पादनको प्रदर्शनीलाई प्राथमिकतामा राखिनेछ ।’
एक्स्पोमा उद्योगका मात्र २० वटा स्टल राखिने पोखरेलले जानकारी दिए । ‘उद्योगको छुट्टै पेभिलियन बनाउँदैछौं,’ उनले भने । मेड इ नेपालको २० वटा स्टलको पेभेलियन रहनेछ भने होम स्टेसहित पर्यटनका स्टलहरु पनि समावेश गरिएकोछ । अटो, हस्तकला, कृषि, रेस्टुरेन्टका स्टलहरु पनि एक्स्पोमा रहनेछन् । एक्स्पोमा यसपटक मोबाइल जोन समेत रहनेछ । ‘बाल उद्यान तथा सांस्कृतिक कार्यक्रम पनि महोत्सवको आकर्षण बन्नेछ,’ पोखरेलले भने ।

व्यवसाय प्रवद्र्धन तथा स्थानीय उत्पादनको बजारीकरण र प्रवद्र्धनमा एक्स्पोले महत्वपूर्ण योगदान पु¥याउने संघका अध्यक्ष दामु अधिकारीले बताए । ‘लगानीका लागि प्रोत्साहन गरी उद्योग व्यवसायको प्रवद्र्धनमा एक्स्पोले सहयोगी भूमिका निर्वाह गर्नेछ,’ उनले भने । एक्स्पोको तयारीका क्रममा अध्यक्ष दामु अधिकारीको अध्यक्षतामा मूल समारोह समितिसहित विभिन्न २४ वटा उपसमिति गठन भइसकेको छ । सम्पूर्ण उपसमितिले आआफ्नो जिम्मेवारी अनुसार काम गरिरहेको संघका वरिष्ठ उपाध्यक्ष नारायण कोइरालाले जानकारी दिए । पोखराको नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा एक्स्पो हुनेछ । एक्स्पोलाई लक्ष्मी ग्रुप अन्तर्गतको सफल दूधले मुख्य प्रायोजन गरेको छ ।

You might also like

Comments are closed.