काठमाडौं । ट्याटू प्रेमी युवाहरूलाई लक्षित गरी रेन्बो जुम्बा एण्ड डान्स स्टुडियो र जेकेयस इन्टरटेन्टमेन्टले संयुक्त रूपमा आयोजना गरेको टुबोर्ग ललितपुर ट्याटू कन्भेन्सन सम्पन्न भएको छ । कार्यक्रममा ५५ जनाले ट्याटू खोपाएको र करिब दुई सय जनाले पछि ट्याटू खोपाउन बुकिङ गरेको बताइएको छ ।
नाखिपोट, बास्केट बल कोर्ट, ललितपुरमा सम्पन्न कार्यक्रमको उद्देश्य ललितपुरका ट्याटू कलाकारहरुलाई अवसर प्रदान गरेर ट्याटू कलाको प्रर्वदन गर्ने साथसाथै ट्याटू कलाको महत्वबारे बुझाउने पनि रहेको कार्यक्रम सम्योजक पूनम थापा सारुले बताइन् । कार्यक्रममा ललितपुरका स्थानीय ट्याटू कलाकारहरुले भाग लिएका छन् ।
कार्यक्रममा यामन ब्याण्ड, दि मेमोरिया र आरक्षले शुक्रबार सांगीतिक प्रस्तुति दिएका थिए भने शनिबार सबिन राई र फारो, नेपाली भ्लगर चेतनराज कार्की साथै लास्ट मिनेटले आ–आफ्नो प्रस्तुति दिएका थिए ।
कार्यक्रमको फोटोग्राफी भिडियोग्राफी म्याच बक्स प्रोडक्सनले गरेको छ । टुबोर्गले मुख्य प्रायोजन गरेको कार्यक्रममा मेगा अटो सर्भिस एण्ड मेन्टिनेन्स, भुवनेश्वरी माता इन्भेस्टमेन्ट, द प्रीसियस आर्ट, औरा मोशन पिक्चर, आइडियल कन्स्ट्रक्सन, धुलिखेल जिपलाइन, मदानी क्रिएसन, भोग एड्भटिजमेन्ट एण्ड इभेन्ट म्यानेजमेन्ट कम्पनी साथ दिएका छन् ।
Comments are closed.