सबैको लघुवित्तको दोश्रो वार्षिक साधारण सभा सम्पन्न

तनहुँ, १५ पुस

तनँहुको बन्दीपुर १ डुम्रेमा केन्द्रीय कार्यालय रहेको सबैको लघुवित्त वित्तीय संस्था लिमिटेको वार्षिक साधारण सभा शनिवार सम्पन्न भएको छ । सभाले चालु आ.व. मा सर्वसाधारणका लागी साधारण शेयर निष्काशन गर्ने सहितका निर्णय गरेको संस्थाका अध्यक्ष सृजना जोशीले जानकारी दिईन् ।

२०७४ असार ३० गतेवाट आर्थिक कारोवार सुरु गरेको यस संस्थाले गत मंशिर मसान्त सम्म ३३ शाखा मार्फत् १९ हजार १ सय २९ सदस्यहरुमा असुल गर्न बाँकी कर्जा रु. १ अर्ब ५ करोड ८२ लाख २८ हजार लगानी गरी रु. २१ करोड ३२ लाख ५७ हजार बचत गरेको छ । यस अवधीमा संस्थाले रु ९१ लाख २ हजार खुद नाफा आर्जन गर्न सफल भएको संस्थाका प्रमुख कार्यकारी अधिकृत केशव पौडेलले जानकारी दिए ।

साधारण सभाकै अवसरमा संस्थामा उत्कृष्ट कार्यसम्पादन गर्ने शाखा कार्यालयका शाखा प्रमुखहरुलाई सम्मानित समेत गरिएको बताइएको छ ।

You might also like

Comments are closed.