आर्थिक आवाज
पोखरा, ९ माघ । सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा १ करोड २० लाख ५५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अबधीमा ५२ लाख ५५ हजार रुपैयाँ खुद नोक्सान व्यहोरेको संस्थाको सबल नेतृत्वले स्थापना भएको छोटो समयमै उत्साहप्रद प्रगति स्वरुप यो नाफा गरेको वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत केशव पौडेलले बताए ।
तनहुँको बन्दीपुर डुम्रेमा केन्द्रीय कार्यालय स्थापना गरी मिति २०७४ असार ३० गतेबाट कारोवार सुरु गरेको संस्थाले चालु आ.व. को दोस्रो त्रैमाससम्म २२ जिल्लामा रहेका आफ्ना ३३ वटा शाखाहरु मार्फत् २१ हजार ६ सय १० जना ग्राहक सदस्यहरुलाई सेवा उपलब्ध गराएको छ । संस्थाको कुल उठाउन बाँकी कर्जा रु. १ अर्ब १४ करोड ४७ लाख ३६ हजार र सदस्यहरुको बचत रकम रु. २६ करोड ६९ लाख ५९ हजार रहेको बताइएको छ । दोस्रो त्रैमासको वित्तीय अवस्था हेर्दा यो आर्थिक वर्षको अन्त्यमा संस्थाको प्रगति उच्च रहने देखिन्छ ।