सबैको लघुवित्त वित्तीय संस्थाको योजना तर्जुमा गोष्ठी

पोखरा, १२ जेठ
तनहुँको डुम्रेमा प्रधान कार्यालय रहेको सबैको लघुवित्त वित्तीय संस्थाको योजना तर्जुमा गोष्ठी शनिबार पोखरामा सम्पन्न भएको छ । संस्थाले चालु आर्थिक बर्षको तेश्रो त्रैमासिक अवधीको समिक्षा सहित आगामी आर्थिक बर्ष २०७६।७७ को योजना तर्जुमा बिषयमा छलफल सम्पन्न गरेको हो ।

जेठ ९ गते देखि ११ गते सम्म पोखरामा संचालन भएको उक्त गोष्ठीमा संस्थाका कूल ३८ शाखाका शाखा प्रमुखहरुले आआफ्नो शाखाको लक्ष्य तथा प्रगती बिवरण र आगामी आर्थिक बर्षको कार्ययोजना प्रस्तुत गरेको संस्थाका प्रमुख कार्यकारी अधिकृत केशव कुमार पौडेलले बताए ।

संस्थाका सञ्चालक भवनाथ घिमिरेको प्रमुख आतिथ्यतामा सम्पन्न योजना तर्जुमा गोष्ठीमा बर्तमान समयमा लघुवित्तमा देखिएका समस्या र चूनौती तथा समाधानका उपायहरुबारे बिस्तृत रुपमा छलफल गर्दै संस्थाको आगामी आर्थिक बर्षको कार्ययोजना अनुरुप कार्य गर्न ३८ शाखाका शाखा प्रमुखहरुलाई आग्रह गरिएको पौडेलले बताए ।

You might also like

Comments are closed.