सबैभन्दा बढी माइलेज दिने १० स्कुटर, विशेषता र मूल्य सहित

काठमाडौं, ११ चैत ।

स्कुटर, बाइक र कार मध्ये कुनै पनि सवारी साधन खरिद गर्दा ग्राहकको पहिलो चासो माइलेजमा हुन्छ ।
स्कुटरको क्रेज सबै युवायुवतीहरुमा बढ्दै गएको छ । प्रायः सबै टु ह्विलर निर्माता कम्पनीको स्कुटर बजारमा उपलब्ध छ । स्कुटरको लुक, सस्तो मुल्य, राइडिङ कम्फर्ट र माइलेजको कारण यसको क्रेज बढी भएको हो ।

बजारमा पाइने स्कुटरहरुमा सबैभन्दा बढी माइलेज दिने १० स्कुटरहरु यी हुन् :

टीभीएस एनटर्क १२५
टीभीएसको स्टाइलिस स्कुटर एनटर्कमा १२४।७९ सीसीको इन्जिन जडान गरिएको छ । सो इन्जिनले ९.४ बीएचपीको पावर र १०.५ एनएमको टर्क जेनेरेट गर्छ । एनटर्क १२५ को माइलेज ४७ किलोमिटर प्रतिलिटर रहेको छ । यसको मूल्य ड्रममा २ लाख १४ हजार ९ सय र डिस्कमा २ लाख २४ हजार ९ सय रुपैयाँ छ ।

हिरो माएस्ट्रो एज
हिरोको स्टाइलिस स्कुटर माएस्ट्रो एजमा ११०.९ सीसीको इन्जिन जडान गरिएको छ । जसले ८ बीएचपीको पावर र ८.७ एनएमको टर्क जेनेरेट गर्छ । माएस्ट्रो एजको माइलेज ५३ किलोमिटर प्रतिलिटर रहेको छ । यसको मूल्य १ लाख ९१ हजार ५ सय रुपैयाँ छ ।

होन्डा डियो
होन्डा डियोमा १०९.१९ सीसीको इन्जिन जडान गरिएको छ । सो इन्जिनले ८ बीएचपीको पावर र ८.७७ एनएम टर्क जेनेरेट गर्छ । सो स्कुटरको माइलेज ५५ किलोमिटर प्रतिलिटर रहेको छ । यसको मूल्य १ लाख ९५ हजार ९ सय र १ लाख ९९ हजार ९ सय रुपैयाँ छ ।

होन्डा एक्टिभा ५जी
होन्डा एक्टिभा सबैभन्दा बढी बिक्री हुने स्कुटर हो । सो स्कुटरमा १०९ सीसीको इन्जिन जडान गरिएको छ । जसले ८ बीएचपीको पावर र ९ एनएमको टर्क जेनेरेट गर्छ । एक्टिभाको माइलेज ६० किलोमिटर प्रतिलिटर रहेको छ ।

होन्डा एक्टिभा १२५
एक्टिभाको सो मोडलमा १२४.९ सीसीको इन्जिन जडान गरिएको छ । सो इन्जिनले ८.५२ बीएचपीको पावर र १०।५४ एनएमको टर्क जेनेरेट गर्छ । एक्टिभा १२५ को माइलेज ६० किलोमिटर प्रतिलिटर रहेको छ । यसको मूल्य २ लाख ८ हजार ९ सय र २ लाख १९ हजार ९ सय रुपैयाँ छ ।

होन्डा ग्राजिया
होन्डा ग्राजिया स्पोर्टी लुकमा उपलब्ध रहेको छ । सो स्कुटरमा १२४.९ सीसीको इन्जिन जडान गरिएको छ । जसले ८.५२ बीएचपीको पावर र १०.५४ एनएमको टर्क जेनेरेट गर्छ । ग्राजियाको माइलेज ६० किलोमिटर प्रतिलिटर रहेको छ । यसको मूल्य २ लाख ८ हजार ९ सय र २ लाख १९ हजार ९ सय रुपैयाँ छ ।

टीभीएस जुपिटर
टीभीएसको सो स्कुटरको होन्डा एक्टिभासँग प्रतिस्पर्धा हुने गरेको छ । सो स्कुटरमा १०९ सीसीको इन्जिन जडान गरिएको छ । सो इन्जिनले ७.९ बीएचपीको पावर र ८ एनएम टर्क जेनेरेट गर्छ । टीभीएस जुपिटरको माइलेज ६२ किलोमिटर प्रतिलिटर रहेको छ । यसको मूल्य १ लाख ८४ हजार ९ सय र १ लाख ९८ हजार ९ सय रुपैयाँ छ ।

सुजुकी एक्सेस १२५
सुजुकीको यो स्कुटर सबैभन्दा बढी माइलेज दिने स्कुटरमा पर्छ । उक्त स्कुटरमा १२४ सीसीको इन्जिन जडान गरिएको छ । यो इन्जिनले ८।७ वीएचपीको पावर जेनेरेट गर्छ । यो स्कुटरको माइलेज ६४ किलोमिटर प्रतिलिटर रहेको छ । यसको मूल्य २ लाख १२ हजार ९ सय रुपैयाँ छ ।

टीभीएस स्कुटी पेप प्लस
स्टाइलिस लुकको कारण यो स्कुटर ग्राहकहरुका लागि निकै नै आकर्षक बनेको छ । सो स्कुटरमा ८७.८ सीसीको इन्जिन जडान गरिएको छ । जसले ५ बीएचपीको पावर र ५.८ एनएमको टर्क जेनेरेट गर्छ । टीभीएस स्कुटी पेप प्लसको माइलेज ६५ किलोमिटर प्रतिलिटर रहेको छ ।

यामाहा फेसिनो
यामाहा कम्पनीको सो स्कुटरमा ११३ सीसीको इन्जिन जडान गरिएको छ । सो इन्जिनले ७ बीएचपीको पावर र ८.१ एनएमको टर्क जेनेरेट गर्छ । फेसिनोको माइलेज ६६ किलोमिटर प्रतिलिटर रहेको छ । यसको मूल्य २ लाख २ हजार ९ सय रुपैयाँ छ ।

You might also like

Comments are closed.