आर्थिक आवाज
पोखरा, २७ चैत । लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बि १ नेपालको सातौं महाधिवेशन नजिकिएसँगै चुनावी अभियानले तिब्रता पाएको छ । महाधिवेशनका लागि बर्तमान फस्ट भाइस गभर्नर ईन्दु लम्सालले गभर्नरमा र सेकेण्ड भाइस गभर्नर मनबहादुर रोकाले फस्ट भाइस गभर्नरमा उम्मेदवारी प्रस्तुत गरिसकेका छन् । लायन्समा गभर्नर र फस्ट भाइस गभर्नर पदका लागि एक मात्र उम्मेदवार रहेपनि उनीहरुले ‘एस’ मत लिनुपर्नेछ ।
यसैक्रममा उम्मेदवारद्वय लम्साल र रोकाले संयुक्त रुपमा लायन्स भेटघाट कार्यक्रम गरेका छन् । फेलोसिपसहित सञ्चालन गरिएको लायन्स भेटघाट कार्यक्रमबाट आफू निकै उत्साही भएको गभर्नरका उम्मेदवार लम्सालले बताइन् । प्रत्येक कार्यक्रममा बोल्दै उनले सम्पूर्ण लायन्सहरुलाई समेटेर अगाडि बढ्ने उनले प्रतिबद्धता गरेकी छन् । ‘म निकै उत्साही छु,’ उनले भनिन्, ‘शतप्रतिशत एस भोट प्रदान गर्ने प्रतिबद्धता पाएकी छु ।’
हरेक भेटघाटबाट पाएको अपार माया, साथ र सहयोगले आफूहरु उत्साही भएको फस्ट भाइस गभर्नर पदका उम्मेदवार मनबहादुर रोकाले बताए । ‘आगामी वर्षका लागि कार्यहरु गर्न थप ऊर्जा र हौसला मिलेको छ,’ उनले भने ।
काठमाडौंदेखि सुरु गरिएको फेलोसिपको यात्रा खानिखोला, मलेखु, गजुरी, दुलेगौंडा, पोखरा, स्याङ्जा, बाग्लुङ, बेनी, पर्वत, दमौली, आँबुखैरेनी, गोर्खा, धादिङ लगायतका ठाउँमा सम्पन्न भइसकेको डिष्ट्रिक्टका एनएलएफ डिपार्टमेन्टका डिपुटी चिफ विनोद ढुंगानाले जानकारी दिए । सेकेण्ड भाइस गभर्नर पदका लागि भने दुई जनाको उम्मेदवारी छ । विशेश्वर आचार्य र ध्रुवबहादुर श्रेष्ठ प्रतिस्पर्धामा छन् । दुवैले चुनावी अभियानलाई तिब्र बनाएका छन् ।
Comments are closed.