सब कम्प्याक्ट एसयूभी निसान म्याग्नाइट बजारमा आउँदै

काठमाडौं । निसानको नयाँ सब कम्प्याक्ट एसयूभी निसान म्याग्नाइट चाँडै लन्च हुने भएको छ । ४ मिटर भन्दा सानो सो एसयूभी ग्लोबल डेब्यु १६ जुलाईमा हुनेछ । कम्पनीले यसको ३ भिडियो सार्वजनिक गरेको छ ।

भिडियोमा निसान म्याग्नाइटको फ्रन्ट भाग मात्र देखाइएको छ । सो एसयूभीमा मोटो ह्वील आर्च, अफ रोड टायर र ठूलो ह्वील तथा स्कफ प्लेट समावेश छ ।

म्याग्नाइटमा शार्प लुक भएको एलईडी हेडलाइट छ । यसको एल आकार डिआरएल ड्याटसन रेडी गो फेसलिफ्ट जस्तो देखिन्छ । सो एसयूभीमा ठूलो ग्रिल र साइडमा मोटो क्लेडिङ समावेश गरेको छ ।

निसान म्याग्नाइटमा २ इन्जिनको विकल्प हुने अनुमान गरिएको छ । यसमा १.० लिटर ३ सिलिन्डर पेट्रोल इन्जिन रहेको छ जसले ७२ एचपीको पावर र ९६ एनएमको टर्क जेनेरेट गर्छ । यसमा ५ स्पिड म्यानुअल र एएमटी गियरबक्सको विकल्प रहेको छ । अर्को १.० लिटर ३ सिलिन्डर टर्बो पेट्रोल इन्जिन छ । जसले ९५ एचपीको पावर प्रदान गर्छ । यसमा ५ स्पिड म्यानुअल र सीभीटी अटोमेटिक गियरबक्सको विकल्प छ ।

सो एसयूभीको सुरुवाती मूल्य ५ लाख २५ हजार भारु हुने अनुमान गरिएको छ । सो कारले मारुती ब्रेजा, हुन्डाई भेन्यु, टाटा नेक्सन, महिन्द्रा एक्सयूसी ३००, किया सोनेट र रेनो काइगरसँग प्रतिस्पर्धा गर्नेछ । निसानको म्याग्नाइट एसयूभी आर्थिक वर्ष २०२०–२०२१ मा लन्च हुनेछ । भारतीय बजारमा सो कार २०२१ को जनवरीमा लन्च हुनेछ ।

You might also like

Comments are closed.