समाजसेवी थापाको निधन, तुलसीघाटमा गरियो दाहसंस्कार

 

पोखरा, १६ बैशाख

पोखराका अग्रज समाजसेवी लोकबहादुर थापाको निधन भएको छ । पोखरा–४ निवासी थापाको ७३ वर्षको उमेरमा उपचारका क्रममा काठमाण्डौस्थित मेडिसिटी अस्पतालमा शुक्रबार निधन भएको हो ।

jutta mela

स्वर्गीय थापाको आइतबार पोखरास्थित तुलसीघाटमा उच्च सम्मानका साथ दाहसंस्कार गरिएको छ । सो अवसरमा क्षत्री समाज नेपालको तर्फबाट केन्द्रीय अध्यक्ष प्रा.डा. दिलबहादुर क्षत्री, जिल्ला अध्यक्ष पदमबहादुर कार्कीले समाजको झण्डा ओडाएर सम्मान गरेका थिए । शवयात्रामा पोखरास्थित विभिन्न सामाजिक, धार्मिक संघसंस्थाका व्यक्तिहरुको उल्लेख्य सहभागिता रहेको थियो । स्व. थापाको श्रीमति र चार छोरा छन् । युवा अवस्थादेखिनै सामाजिक कार्यमा क्रियाशिल थापा सराङकोट बहुउद्देश्यीय संस्था र रेडियो सराङकोटको संस्थापक अध्यक्ष हुन् । थापा क्षत्री समाज नेपालको केन्द्रय प्रमुख सल्लाहकार तथा बृहद महायत्र मूल आयोजक समितिका अध्यक्ष थिए ।

थपा लायन्स क्लब अफ पोखराको समेत संस्थापक भई राष्ट्रिय रुपमा सामाजिक तथा विभिन्न शैक्षिक संस्थाहरुको भवन निर्माण, खानेपानी योजनाहरु, र हाल निर्माण रहेको बाग्लुङ्ग बसपार्क, सराङ्गकोट कास्कीकोट नाउँडाडा कृषि सडकको परिकल्पनाकार तथा बृहत्तोत्तर सराङ्गकोट धार्मिक पर्यटन क्षेत्र विकास समितिको अध्यक्ष रही सेवा पु¥याएका थिए । उनी प्रबल गोर्खा दक्षिण बाहु तथा विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय सामाजिक संघसंस्थाको तर्फबाट सम्मानित भएका थिए ।

You might also like

Comments are closed.