समृद्धिको अध्यक्षमा राधिका थापा

पोखरा, ८ वैशाख ।

लायन्स क्लब अफ पोखरा समृद्धिको अध्यक्षमा राधिका थापा सर्वसम्मत निर्वाचित भएकी छन् । क्लबको प्रथम उपाध्यक्षमा रेविका श्रेष्ठ, द्वितीय उपाध्यक्ष रजनी श्रेष्ठ, तृतीय उपाध्यक्ष सुमिता श्रेष्ठ, सचिव देवी श्रेष्ठ, कोषाध्यक्ष शान्ति श्रेष्ठ छन् ।

प्रशासन प्रमुखमा मनलक्ष्मी कार्की, सदस्यता प्रमुखमा अर्चना मुल्मी, एलसिआइएफमा बुद्धिसुवा गुरुङ, योजनामा सीमा कोइराला, बजार व्यवस्थापनमा सन्ध्या लिगल, स्वास्थ्य विभागमा उषा गुरुङ, टेमरमा इशा होना, टेलटुइस्टरमा रोजिना कुँवर चयन भएका छन् ।

स्थापनाको छोटो समयमा क्लबले सामाजिक क्षेत्रमा राम्रो काम गरेको बताउँदै नवनिर्वाचित अध्यक्ष थापाले आगामी दिनमा थप रचनात्मक कार्यक्रम गर्ने प्रतिबद्धता व्यक्त गरिन् । क्लबका बर्तमान अध्यक्ष कुश्मा राणाको अध्यक्षतामा भएको कार्यक्रममा संस्थापक अध्यक्ष कल्पना श्रेष्ठ, पूर्व अध्यक्ष शाल्बी मर्सानी लगायतले बोलेका थिए ।

You might also like

Comments are closed.