समृद्धिको आयोजनामा महिलाहरुलाई बुटिक तालिम

पोखरा । लायन्स क्लव अफ पोखरा समृद्धिको आयोजनामा सीप विकास तालिम तथा सचेतना कार्यक्रम सञ्चालन भएको छ । स्थानीय महिलालाई सुगर, ग्याष्ट्रिक, थाइराइड सम्बन्धी डा. युक्तनारायण रेग्मीले सचेतना सहित आवश्यक परामर्श गराएका थिए ।

सीप विकास अन्तर्गत बुटिक तालिमको शुभारम्भ लायन्स क्लव ३२५ बी १ गभर्नर इन्दु लम्सालले गरिन् । उक्त अवसरमा बोल्दै उनले सामाजिक कार्यसँगै महिला नेतृत्व, क्षमता सचेतनामा सम्पूर्ण क्लब लाग्नु राम्रो पक्ष भएको बताइन् ।

महिलाहरुको क्षमता विकास गरी आयआर्जनमा सहयोग पुर्याउने लक्ष्यसहित कार्यक्रम आयोजना गरिएको क्लबका अध्यक्ष राधिका थापाले बताइन् ।

क्लबका अध्यक्ष राधिका थापाको अध्यक्षतामा भएको कार्यक्रममा सेकेण्ड भाइस डिष्ट्रिक्ट गभर्नर विश्वश्वर आचार्य, क्लबका उपाध्यक्ष रेविका श्रेष्ठ, सचिव देवी श्रेष्ठ लगायतले बोलेका थिए ।

सम्बन्धित खवर
baba hardware
टिप्पणिहरु
Loading...