समृद्धिलाई सघाउन सक्षम नेतृत्व : समावेशी व्यवसायी समूह

पोखरा, २६ भदौ ।

पोखरा उद्योग वाणिज्य संघको ३२ औं महाधिवेशनमा नयाँ नेतृत्वको लागि प्यानलै उम्मेद्वारी दिएको समावेशी व्यवसायी समूहले समृद्धीका लागि सक्षम नेतृत्वलाई जिताउन अपिल गरेका छन् । हरेक व्यवसायीको घर÷घर र पसल÷पसलमा पुगेर समस्या बुझ्न लागिपरेको समावेशी व्यवसायी समूहले युवा, सक्षम र सबल नेतृत्व आफूहरुको भएकाले मत दिएर बिजयी गराउन उद्योगी÷व्यवसायीहरुलाई अपिल गरेका हुन् । घरदैलोका क्रममा मंगलबार पोखराको छोरेपाटन, पृथ्वीचोकको पोखरा मल, नयाँबजार र लामाचौरस्थित तीज महोत्सवमा पुगेको समूहको नेतृत्वकर्ता तथा पोखरा उद्योग वाणिज्य संघका अध्यक्षका उम्मेद्वार दामु अधिकारीले उद्योगी÷व्यवसायीहरुलाई सम्बोधन गर्दै भने,‘देशले समृद्ध नेपाल र सुखी नेपालीको नारा अघि सारेको छ, अब त्यसलाई सफल बनाउन नीजि क्षेत्रले भूमिका खेल्नुपर्छ र त्यसका लागि सक्षम नेतृत्व चाहिन्छ, हो हाम्रो समावेशी व्यवसायी समूहमा युवाहरु छन्, सबल र सक्षम नेतृत्व छ, त्यसैले हामीलाई जिताउनुस् ।’ उनले करमा देखिएको अन्यौलता र समस्या आफूहरु निर्वाचित भएपछि सरकारसँग प्रष्ट कुरा राखेर व्यवसायीमैत्री कर प्रणाली लागू गर्न दवाब दिने प्रतिबद्धता जनाए ।

घरदैलोका क्रममा समावेशी व्यवसायी समूहलाई उद्योगी÷व्यवसायीले स्वागत गर्दै शुभकामना व्यक्त गरेका थिए । उनीहरुले युवा, सक्षम र सबल तथा समावेशी टीम भएकाले आफूहरुले समावेशी व्यवसायी समूहलाई नै भोट दिने भन्दै प्रतिबद्धता जनाएको सो समूहका महासचिवका उम्मेद्वार किसान सुनारले जानकारी दिए ।

समावेशी समूहको प्यानलबाट अध्यक्षमा दामु अधिकारी, वरिष्ठ उपाध्यक्षमा यदुनाथ अधिकारी, उपाध्यक्ष (उद्योग) तर्फ गीता तिवारी गौतम, उपाध्यक्ष (वाणिज्य) तर्फ यमनाथ पौडेल, महासचिवमा किसान सुनार, कोषाध्यक्षमा प्रेम भुजेल र उप–महासचिवमा सीता बराल उम्मेद्वार छन् । त्यस्तै सदस्यहरुमा नारायण पौडेल, डि.बि. भुजेल, पवित्रा गुरुङ, तेजेन्द्र पौडेल, सोवित पौडेल, नगेन्द्र सुवेदी, नगेन्द्र पोखरेल, चन्द्रा शर्मा, उमराज बास्तोला र रुद्र लुइटेल उम्मेद्वार छन् ।

You might also like

Comments are closed.