सम्वृद्धि रियलस्टेट पोखरामा पनि

पोखरा, १० चैत्र ।

नेपालको बिभिन्न स्थानमा कार्यालय रहेकोे सम्बृद्धी रियलस्टेट पोखरामा पनि सुरु भएको छ ।

पोखराको रत्नचोक नजिकै रहेकोे शाखा कार्यालयको गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले उदघाटन गरेका छन् । काठमान्डौ साथै बनेपा, थानकोट, ईटहरी, बिर्तामोड, बुटवलमा आफ्नो शाखा बिस्तार गरिसकेको सम्बृद्धि रियलस्टेटले पोखरामा भने आफ्नो पहिला शाखा सञ्चालनमा ल्याएको हो ।

पछिल्लो समयमा घरजग्गा खरिद बिक्री देखिएको मनपरीलाई ब्यबस्थित बनाउनको लागि कम्पनी बिस्तार गरिएको पोखरा शाखाका अध्यक्ष गंगाधर पौडेलले जानकारी दिए । खरिदबिक्री स्वभाविक हो, अर्थात मानिसलाई आबस्यक पर्ने घरजग्गा खरिद वा बिक्रि भैरहेकै हुन्छन् तर यो क्षेत्रमा अलि विकृती पनि छ । मूल्यमा एकरुपता वा अस्वभाविक मुल्यमा खरिद वा बिक्रि गर्ने परिपाटीलाई अन्त्य गर्न कम्पनीलाई ब्यबस्थित तरिकाले सञ्चालन गर्ने उनले सो अबसरमा जानकारी दिए ।

कार्यक्रममा वोल्दै आर्थिक मामिला मन्त्री किरण गुरुङले व्यवसायलाई मर्यादित बनाउन आबस्यक रहेको बताए । रियलस्टेट व्यवसायलाई करको दायरमा ल्याएर थप जिम्मेबार बनाउने गरि काम गर्न कम्पनीलाई उनले आग्रह गरे । सरकारले जग्गाको बर्गिकरण गर्न सुरु गरेको र अब सोही अनुसार घरजग्गाको बिस्तार हुने उनको भनाई छ । खेतियोग्य जमिन जोगाउन व्यवसायी नै बढी जिम्मेबार हुन मन्त्रीले आग्रह गरेका छन् । सिमित फाईदाको लागि खेतियोग्य जमिन नमास्न उनले अनुरोध गरेका थिए । साथै सम्बृद्धि रियलस्टेटले पोखरामा दुईदिने रियलस्टेट तालिम पनि दिएको थियो । तालिममा १४० जनाको सहभागिता रहेको आयोजकले जानकारी दिएको छ ।

You might also like

Comments are closed.