सय वटा पर्यटकीय गन्तव्यमा कास्कीका ६ ठाउँ

आर्थिक आवाज
पोखरा, १५ कात्तिक । सरकारले सार्वजनिक गरेका सयवटा पर्यटकीय गन्तव्यमा कास्कीका ६ ठाउँ परेका छन् । पर्यटन प्रवद्र्धन गर्ने लक्ष्यसहित पुराना तथा स्थापित ठाउँ र नयाँ तथा प्रर्वद्धन गर्नुपर्ने ठाउँ गरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सय वटा पर्यटकीय गन्तव्य सार्वजनिक गरेको हो ।

स्थापित तथा प्रवद्र्धन गर्नुपर्ने गन्तव्यमा पोखरा, सराङकोट, पञ्चासे र पुम्दीकोटलाई राखिएको छ भने नयाँ तथा विकास गरिनुपर्ने गन्तव्यमा सिक्लेस र मौजा होमस्टेलाई राखिएको छ ।

यी ठाउँहरुको प्रवद्र्धनमा सरकारले विशेष पहल गर्ने भएको छ । चालु आर्थिक वर्षमा विनियोजित बजेटबाट बाँडफाँड गरी थप प्रचारप्रसार तथा प्रवद्र्धनात्मक गतिविधि हुने मन्त्रालयले जनाएको छ ।

सरकारले सार्वजनिक गरेका सय वटा पर्यटकीय गन्तव्यहरु 

You might also like

Comments are closed.